• २०८१ बैशाख ११ मंगलबार

दशरथ रंगशालाको पुनर्निर्माण सकिन अझै ४ महिना लाग्ने

kharibot

काठमाडौँ । २०७२ सालको भूकम्पले भत्किएको देशको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको  पुनर्निर्माण सकिन अझै ४ महिना लाग्ने भएको छ ।  

खरीबोटसँग कुरा गर्दै रंगशाला निर्माण शाखाका प्रमुख अरुण उपाध्यायले दशरथ रंगशाला पुनर्निर्माणको कार्य ४ चरणमा गरिएको जानकारी दिदैँ उनले असार मसान्तसम्ममा रंगशाला निर्माणको कार्य सकिने बताए ।

अर्थमन्त्रालयले समयमै रकम उपलब्ध नगराएको कारण पुननिर्माणको कार्यमा ढिलाई भएको शाखा प्रमुख उपाध्यायको भनाई छ । “ हामी पैसा दिन्छौ, पैसाको पिर गर्नुपदैन भनेको अर्थमन्त्रालयले समयमा पैसा दिएन, जसको कारण  धेरै कन्ट्रयाक्ट रोकिएको छ त्यो कस्ले देख्छ ” उनले भने ।

'पैसाको ब्यवस्था नभई टेण्डर नगर्नु र उजुरी परे सोझै कारवाहिमा पर्ने अबस्था छ । मन्त्रीको बैठकमा गयो काम तुरन्त गर पैसाको चिन्ता गर्नु पदैन भन्छन्, यस्तो भएपछि कसरी समयमै काम सकिन्छ' उपाध्याय प्रतिप्रश्न गर्छन् । रंगशाला पुनर्निर्माणको लागि अर्थमन्त्रालय, मन्त्रालयहरुको कमिन्टमेन्ट अनुसार सहयोग प्राप्त नभएपछि तोकिएको समयमा काम सक्न सम्भव हुदैन, पोहोर सालदेखी प्राविधिक कर्मचारीको माग गरेकोमा के के कारण लेखाउँदै एक महिना अघि मात्र पाएको छ, त्यो पनि २९ जनाको माग भएकोमा १४ जना मात्र पाएको छ, त्यस्तै, खेलकुद परिषदबाट नहुने काम मन्त्रालय पठाउँदा निर्णय हुन टाइम लाग्छ ।

रंगशालामा हाल सम्ममा भूकम्पबाट क्षति भएको भाग निर्माण गरिएको छ । रंगशालाको सिट क्षमता भने विगतमा १६ हजार सिट क्षमतालाई घटाएर १५, ९९५ सिटमा झारीएको छ । भिआइपि बस्ने छाना र सिट हाल्न अझै बाँकी रहेको छ ।

पिएस प्रतिष्ठा किरातेश्वर जेभिले अप्रिल २०, २०१८ मा निर्माणको जिम्मा लिएर २०१९ फ्रेबरीमा सक्नेगरी जिम्मा लिएको थियो । रंगशाला निर्माणको लागि भ्याटसहित १९ करोड २३ लाख ७२ हजार ४ सय ८ रुपैयाँमा छुट्याइएको छ ।

यता रंगशाला निर्माणमा खटिएका प्रोजेक्ट म्यानेजर वीरबल राई भने रंगशालाको भौतिक प्रगति ९० प्रतिशत सकिएको बताउँछन् । हालसम्ममा रंगशालाको स्टक्चरको काम अन्तिम चरणमा रहेको र  ट्रष्ट र रंङ्ग रोगनको काम भने बाँकि रहेको उनले जानकारी दिए । अबको २ महिनामा आफुले राखेपलाई रंगशाला हस्तान्तरणको गर्ने तयारी रहेको उनले बताए ।

ठेक्कामा नभएको काम समेत गर्नुपरेकाले समयमा काम नसकिएको उनको भनाई छ । राईका अनुसार जनरल प्याराफिट, ट्रष्ट, फिनिसिङ्ग, रंगरोगन, वाटर प्रुफिङ, कवर्ड हल लगायतको कार्यको जिम्मा आफूले  लिएको जानकारी दिए । 

 

 

 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै