• २०८१ बैशाख ८ शनिबार

नेपाल महिला क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न असफल

kharibot

काठमाडौँ । थाइल्याण्डमा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेपनि ग्लोबल क्वालिफायर हुन् असफल भएको छ ।

प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेकाले ग्लोबल क्वालिफायरका लागि छनौट हुन असफल भएको हो । आयोजक थाइल्याण्डले प्रतियोगितामा खेलेका सबै खेल खेलेर ग्लोबल क्वालिफायरका लागि एशियाबाट छनौट भएको छ । थाइल्याण्डले आज युएईलाई ५० रनले पराजित गर्दै ६ खेलमा ६ जितसहित १२ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपाल भने ६ खेलमा ५ मा जित र एक हारसहित १० अंकसहित दोस्रो र युएई ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।  

नेपाल थाइल्याण्डसँग नै पराजित भएको थियो भने अन्य देश चीन, मलेसिया, हङकङ कुवेत र युएईलाई पराजित गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै