मन्त्री अधिकारीको निधनमा विवेकशील नेपाली पार्टीद्वारा दुःख व्यक्त

खरीबोट

काठमाडौँ । विवेकशील नेपाली पार्टीले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ ।

सो पार्टीका प्रवक्ता मिलन पाण्डेले शोक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनको घटनाले विवेकशील नेपाली दल स्तब्ध भएको उल्लेख गरेका छन् ।

दुर्घटनामा ज्यान गुमाएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै यसरी बाम्बार भइरहेको हवाई दुर्घटनालाई न्यून गरी नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित तुल्याउन गम्भीरतापूर्वक आवश्यक कदम चाल्नसमेत विवेकशीलले सरकारसमक्ष माग गरेको छ ।

सम्बन्धित समाचार

पूर्व उपप्रधानमन्त्री अधिकारीको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनी २०४८, २०५१ र २०५६ सालको

पूर्वउपप्रधानमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि   

काठमाडौं । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अधिकारीलाई उनका तीन छोरीले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा

मन्त्री अधिकारीको पोखरा रामघाटमा अन्त्यष्टि, किरिया ७ दिन गरिने 

पोखरा । बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार पोखराको रामघाटस्थित सेती नदीको किनारमा गरिएको छ। रवीन्द्रको पार्थिव शरीरमा श्रीमति विद्या र

मन्त्री अधिकारीप्रति पोखरामा श्रद्धाञ्जलि 

पोखरा । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ ।  मन्त्री अधिकारीको पार्थिव शरीरमा


z