• २०८१ बैशाख ८ शनिबार

टिक टकलाई बालबालिकाको सूचना संकलन गरेको भन्दै ५७ लाख अमेरिकी डलर जरिवाना

kharibot

अमेरिकाको फेडेरल ट्रेड कमिसनले अहिले टिक टकको नामले चिनिने लोकप्रिय सामाजिक संजाल एप म्युजिकलीलाइ अवैध रुपमा बालबालिकाको सूचना संकलनको आरोप लगाउँदै ५७ लाख अमेरिकी डलर जरिवाना सजाय सुनाएको छ ।

फेडेरल ट्रेड कमिसनले जनाएअनुसार उक्त एपका धेरै प्रयोगकर्ताहरू १३ वर्ष भन्दा मुनिका बालबालिका रहेका छन् । त्यसैगरी कमिसनले सो एपले उनीहरूको नाम, इमेल ठेगाना, विद्यालय लगायतका विवरण सार्वजनीक गरेको र बालबालिकाका कतिपय व्यक्तिगत विवरण संकलन गर्दा उनीहरूको अभिभावकबाट कुनै अनुमति नलिएको आरोप लगाएको छ । यसका साथै एपमाथि केही अभिभावकले आफ्नो बच्चाको विवरण हटाउन माग गर्दा पनि नहटाएको आरोप लगाइएको छ ।

अमेरिकाको संघीय कानुनमा रहेको ‘चिल्ड्रेन अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट’ अनुसार कुनै पनि अनलाइन सेवाले १३ वर्षभन्दा मुनिका बालबालिकाको व्यक्तिगत सूचना संकलन गर्दा उनीहरूको अभिभावकबाट अनुमती लिनु पर्छ ।

त्यसैगरी फेडेरल ट्रेड कमिसनले कारवाही गर्ने घोषणा गरेसंगै टिक टकले भने १३ वर्षका बालबालिकाका लागि भनेर छुट्टै एपको घोषणा गरेको छ । कम्पनिले बताएअनुसार नयाँ एपले प्रयोगकर्ताका व्यक्तिगत विवरणहरू सार्वजनिक गर्ने छैन र बालबालिकाले एपमा के पोस्ट गर्ने र सेयर गर्ने भन्ने कुरामा पनि अंकुश लगाइने छ ।

चाइनिज कम्पनि बाइटडान्सले २०१७ मा म्युजिकली एपलाइ किनेर आफ्नो एप टिक टकमा मर्ज गरेको थियो ।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै