• २०८१ बैशाख ८ शनिबार

बार्सिलोनाविरुद्ध ग्यारेथ बेलको कमजोर प्रदर्शन, यस्तो छ विश्लेषण 

kharibot

काठमाडौँ । गएराती आफ्नै घरेलु मैदानमा बार्सिलोनासँगको कोपा डेल रे अन्तर्गतको एल क्लासिकोमा रियल म्याड्रिड पराजित भएपछि स्ट्राइकर ग्यारेथ बेलको क्षमतामाथि प्रश्न उठेको छ ।

रियलले बार्सिलोनासँग ३-० को हार बेहोर्दै कोपाबाट बाहिरिएको छ भने ग्यारेथ बेलले आफ्नो मैदानमा खेलेका अहिलेसम्मका सबै एल क्लासिकोमा हार बेहोरेर नयाँ रेकर्ड बनाएका छन् । अहिलेसम्म रियलको घरेलु मैदानमा बार्सिलोनालाई आफु खेलेको खेलमा पराजित गर्न नसकेपछि बेलको क्षमतामा प्रश्न उठेको हो ।

२०१३ मा टोटनह्यामबाट रियलमा रेकर्ड रकममा रियलमा आएका बेलले सोहि सिजनमा बार्सिलोनासँग ४-३ को हार बेहोर्द उनी पनि खेलेका थिए । सो खेलमा मेसीको ह्याट्रिक पछि बार्सिलोनाले खेल जितेको थियो ।

त्यसपछि २०१५-२०१६ सिजनमा रियल आफ्नो घरेलु मैदानमा बार्सिलोनासँग ४-० ले पराजित भएको थियो तर सोहि सिजनमा बार्सिलोनाको घरेलु मैदानमा खेलिएको खेलमा भने बेलको असिस्टमा एक गोल भएको थियो जुन खेल रियलले २-१ ले जितेको थियो ।

त्यसपछि गत दुई सिजनमा रियल बार्सिलोनासँग २ पटक पराजित भयो । २०१७ को अप्रिलमा रियललाई बार्सिलोनाले ३-२ गोल अन्तरले पराजित गर्यो भने सोहि बर्ष डिसेम्बरमा रियल ३-० गोल अन्तरले पराजित भयो । 

तर यस बीचमा बार्सिलोनासँग भएका दुई खेल जसमा रियल विजयी भएको थियो ति खेलमा बेल खेलेका थिएनन् । जसमा २०१४/१५ सिजनको ला लिगाको खेल र गत सिजनको सुरुमा खेलिएको सुपर कोपाको दोस्रो लिग रियलले जितेको थियो ।

पछिल्ला बर्षहरुमा धेरै जसो इन्जुरीले सताइएका बेलले गएराती भएको खेलमा कमजोर प्रदर्शन गरेपछि उनको म्याड्रिडमा आलोचना शुरु भएको छ ।

बेलको अहिलेसम्म बार्सिलोनाविरुद्धको रेकर्ड हेर्दा कुल १३ खेल खेलेकोमा ३ खेलमा जित, २ बराबरी र ८ खेलमा हार बेहोरेका छन् । बेलले अहिलेसम्म बार्सिलोनाविरुद्द केबल २ गोल मात्र गरेका छन् ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै