• २०८१ बैशाख ८ शनिबार

बालबालिकाको लागि सपनाको ‘क’

kharibot

काठमाडौँ । नेपाली बाल साहित्यमा चित्र कथाको प्रयोग स्थापित भइसकेको छ । विश्वका अधिकांश विकसित मुलुकहरुमा शिक्षण सिकाइको अभिन्न अंगको रुपमा लिईने चित्र कथाको महत्वलाई नेपाली समाजले पनि राम्रैसँग बुझेको छ ।

बाल मनोविज्ञानलाई मध्यनजर गर्दै पाठ्य सामाग्री संगै दृश्य सामाग्रीलाई संयोजन गरितयार गरिने यस्ता चित्र कथाको अध्ययनले बालवालिकाको सिकाइ दिगो हुने र सिकाईमा अभिरुचि बढ्ने समेत विज्ञहरुले वताएका छन् । नेपाली साहित्य लेखनमा समय सापेक्ष यस्ता कृतिहरुको श्रृजना बढिरहेको छ ।

साहित्यकार ललिता शर्माद्वारा लिखित चित्रकथा सपनाको ‘क’ हालै बजारमा आएको छ । तीनदेखि सात वर्षसम्मका बालबालिकाहरुलाई लक्षितगरि तयार गरिएको चित्र कथा सपनाको ‘क’ मा साहित्यकार ललिता शर्माको लेखनलाई चित्रकार सोनाम तामाङ्गले यथोचित चित्र मार्फत प्रष्ट्याइ दिएका छन् ।

कथाकार सनत रेग्मीद्वारा सम्पादन गरिएको बाल चित्र कथा सपनाको ‘क’ खासगरि बालबालिकाको सुरुवाति चरणको सिकाईलाई व्यवहारिक ढंगबाट अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने आशयका साथ प्रस्तुत गर्न खोजिएको छ ।

समिक्षकः राजन न्यौपाने 

जुनु सिकाईको प्रारम्भिक चरणमा छिन् । विद्यालयमा ‘क’ लेख्न सिक्दै गरेकी जुनु । विद्यालयबाट घरमा आएपछि पनि ‘क’ लेख्ने प्रयासमा हुन्छिन् । ‘क’ बाट कलम पढ्दै गरेकी जुनुलाई देखेर उनकी आमा निकै खुसी हुन्छिन् । बेलुकिको खाना खाएर सुतेकी जुनु सपना देख्न थाल्छिन् र ठूलो ‘क’ भित्र पस्छिन् र विद्यालयमा सिकेको ‘क’ बाट कलम संगै ‘क’ बाट कमल, कछुवा, कलश, कराई पनि देखेर रमाईरहे की हुन्छिन् ।

यत्तिकैमा बिहान हुन्छ र आफ्नो बाबुको झक्झक्याई संगै विद्यालय जान हतार भइसकेको सन्देश सुनेर झल्यांस्स व्युझिन्छिन् र पुनःउही  दैनिकी दोहो्याउन बाध्य हुन्छिन् । अर्को दिन फेरि विद्यालय पुगेकी जुनु मिसको हातमा आफुले सपनामा देखेको ठूलो ‘क’ देखेर खुसी हुन्छिन् । ‘क’ बाट कमल, कछुवा, कलश, कराई पनि हुने कुरा सिकिसकेकी जुनु भोलि फेरी मिसले के पढाउनु होला भन्ने कौतुहलता संगै आफ्नो बाबुको पछि लागेर घर फर्किन्छिन् ।

लामो समयदेखि शिक्षण पेशामा संलग्न साहित्यकार ललिता शर्माले आफ्नो कृति सपनाको ‘क’ (चित्रकथा) मार्फत बालबालिकालाई श्रृजनात्मक क्षमताको अभिवृद्दि गराउने प्रयास गरेकी छिन् । परम्परागत  शैलीको शिक्षण सिकाईको अभ्यास तथा पाठ्य सामाग्रीबाट बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्न सक्ने तथा चौतर्फी विकासमा अपेक्षित सुधार नआउने विज्ञहरुको तर्कसंगै सपनाको ‘क’ (चित्रकथा) जस्ता पाठ्य तथा दृश्य सामाग्रीहरुको व्यापक प्रयोग व्यवहारमा ल्याउन सकियो भने हामीले सोचेको जस्तो भविश्यका कर्णधारको निर्माण हुने कुरामा विस्वस्त हुन सकिन्छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै