गोदामचौर बलात्कार घटनाका अभियुक्तलाई दश वर्ष कैद

खरीबोट

काठमाडौँ । ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही दश वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

न्यायाधीश धनसिंह महराको इजलासले आज सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै जनही दश वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए । 

गोदावरी नगरपालिका–१ गोदामचौरमा २०७४ साल मङ्सिर २ गते सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दाको सुनुवाइपछि सो फैसला सुनाइएको हो । दोषीलाई कैद सजायसहित ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही रु एक लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ । 

सामूहिक बलात्कारपछि ज्यान मार्ने मनसायले युवतीको टाउकोमा ढुङ्गा प्रहार गरेको अनुमान गरी फालेका थिए । युवतीलाई बेहोस भएको अवस्थामा घटना भएको भोलिपल्ट तोरीबारीमा भेटिएको थियो । युवतीले घटनाअघि नै अभियुक्तहरुको अनुहार चिनेको हुँदा तीनै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।  
 

सम्बन्धित समाचार

रोनाल्डो माथिको बलात्कारको आरोप फिर्ता !

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोमाथि अमेरिकी मोडल काथरीन मायोर्गाले लगाएको बलात्कारका आरोप फिर्ता लिएकी छन् । ब्लुमबर्गका अनुसार गत महिना नै रोनाल्डोमाथि लागेको बलात्कारको आरोप बिना सर्त फिर्ता लिइएको उल्लेख गरेको छ ।

नेइमारलाई लाग्यो बलात्कारको आरोप !

काठमाडौँ । ब्राजिलका सुपरस्टार फुटबलर नेइमारलाई बलात्कारको आरोप लागेको छ । नेइमारले पेरिसको एक होटलमा एक ब्राजिलकी युवतीलाई बलात्कार गरेको आरोप ब्राजिलको सान पाउलो प्रहरीमा रिपोर्ट दर्ता भएको मिडिया रिपोर्टमा उल्लेख

पर्वतको विहादीमा बालिका बलात्कार गर्ने पक्राउ 

पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । विहादी गाउँपालिकाकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । चन्द्र माध्यमिक

बलात्कार आरोपमा पक्राउ

राजापुर । बालिकामाथि बलात्कार गरेको आरोपमा बर्दियाको मधुवन नगरपालिकामा १५ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ । छिमेकी आठ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । यही जेठ


z