गोदामचौर बलात्कार घटनाका अभियुक्तलाई दश वर्ष कैद

खरीबोट

काठमाडौँ । ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही दश वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

न्यायाधीश धनसिंह महराको इजलासले आज सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै जनही दश वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए । 

गोदावरी नगरपालिका–१ गोदामचौरमा २०७४ साल मङ्सिर २ गते सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दाको सुनुवाइपछि सो फैसला सुनाइएको हो । दोषीलाई कैद सजायसहित ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही रु एक लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ । 

सामूहिक बलात्कारपछि ज्यान मार्ने मनसायले युवतीको टाउकोमा ढुङ्गा प्रहार गरेको अनुमान गरी फालेका थिए । युवतीलाई बेहोस भएको अवस्थामा घटना भएको भोलिपल्ट तोरीबारीमा भेटिएको थियो । युवतीले घटनाअघि नै अभियुक्तहरुको अनुहार चिनेको हुँदा तीनै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।  
 

सम्बन्धित समाचार

बलात्कार र हिंसापछि पनि पीडक र समाजको डरधम्की

इलाम । सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्‍याएर बलात्कार गरे । सुमनले आफूसँग

बलात्कार गरेको अभियोगमा भक्तपुरबाट दुई जना पक्राउ

भक्तपुर । जुम्ल्याहा दुई बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० मूलढोका बस्ने २६ वर्षीय सुनिल शिल्पकार र काभ्र्र्रे रोसी गाउँपालिका–७

बलात्कारको कसुरमा छ वर्ष सजाय

नुवाकोट / बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३

बालिका बलात्कृत, आरोपी पक्राउ

गुल्मी । गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी


z