गजल 

खरीबोट

मलाई सधैं तिरस्कार किन दिनुहुन्छ? 
एकदिन हैन लगातार किन दिनुहुन्छ?

खुट्टा नहुनेहरुलाई बैसाखी दिने हो
मलाई जुत्ता उपहार किन दिनुहुन्छ?

त्यहाँ बा हराएको सूचना छापिएको छ
मेरि आमालाई अखबार किन दिनुहुन्छ?

आउनुस बरु यी आँखा लिएर जानुस
सधैं झरी,सधैं असार किन दिनुहुन्छ?

भोलि मान्छेचिन्न बिर्सन्छन् पैसाचिनेपछि
यी बच्चाको हातमा हजार किन दिनुहुन्छ?
 
सुनिल जलन 
दु.न.पा-१ सिन्धुली
 

सम्बन्धित समाचार

काव्य-मुशायरामा सुनिए कवि अमृता स्मृति र गजलकार बरुण रिजाल

काठमाडौं । काव्य-मुशायराकाे १५ औँ श्रृंखलामा कवि अमृता स्मृति र ग़ज़लकार बरुण रिजालले आ-आफ्ना रचना वाचन गरेका छन् । कुन्ज नाटकघरमा आयोजित कार्यक्रममा पछिल्लो समय लोकप्रिय रहेकी कवि अमृता स्मृतिले

गजल

गाउँलाई शहरको जस्तो तडकभडक आएन ।  गाउँभरि बाटो आयो सरकार सडक आएन। बिरामी बालाई औषधी ले'र आउँछु भन्थ्यो, कहाँ पुग्यो कहाँ फर्केर अझै बालक आएन। जुन दिनदेखि मेरो गाउँमा मोटरबाटो खनियो, त्यहि दिनबाट  मोटर आएन

गजल 

मलाई सधैं तिरस्कार किन दिनुहुन्छ?  एकदिन हैन लगातार किन दिनुहुन्छ? खुट्टा नहुनेहरुलाई बैसाखी दिने हो मलाई जुत्ता उपहार किन दिनुहुन्छ? त्यहाँ बा हराएको सूचना छापिएको छ मेरि आमालाई अखबार किन दिनुहुन्छ? आउनुस बरु यी आँखा लिएर

गजल

घुस नखाने, चोरी नगर्ने काल आएर गयो पहिलो भेटमै मेरुदण्डमा चोट लाएर गयो । मलाई पनि दिनसम्म दियो दुःख उसले काम पुरा नगरी उ आफै दुख पाएर गयो । बाँच्नु नै  जीवन रहेछ, हामी हर्षमा गाउँदै


z