मलाई सधैं तिरस्कार किन दिनुहुन्छ?
एकदिन हैन लगातार किन दिनुहुन्छ?
खुट्टा नहुनेहरुलाई बैसाखी दिने हो
मलाई जुत्ता उपहार किन दिनुहुन्छ?
त्यहाँ बा हराएको सूचना छापिएको छ
मेरि आमालाई अखबार किन दिनुहुन्छ?
आउनुस बरु यी आँखा लिएर जानुस
सधैं झरी,सधैं असार किन दिनुहुन्छ?
भोलि मान्छेचिन्न बिर्सन्छन् पैसाचिनेपछि
यी बच्चाको हातमा हजार किन दिनुहुन्छ?
सुनिल जलन
दु.न.पा-१ सिन्धुली