• २०८१ बैशाख ७ शुक्रबार

गजल

kharibot

गाउँलाई शहरको जस्तो तडकभडक आएन । 
गाउँभरि बाटो आयो सरकार सडक आएन।

बिरामी बालाई औषधी ले'र आउँछु भन्थ्यो,
कहाँ पुग्यो कहाँ फर्केर अझै बालक आएन।

जुन दिनदेखि मेरो गाउँमा मोटरबाटो खनियो,
त्यहि दिनबाट  मोटर आएन खच्चड आएन ।

वचनले यसरी हान्यौ खुकुरीले छप्काए जस्तो 
फरक त यति भो घाउ देखिएन रगत आएन।

किन ठुलो मान्छे बनिन,मैले मेरा बालाई सोधें
बाले भने तँलाई सत्यसत्य आयो गलत आएन

बि.एन ढकाल
भोजपुर
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै