• २०८१ बैशाख १३ बिहीबार

प्रतिपक्ष सहयोगी बन्न सक्नुपर्छ : नारायणकाजी श्रेष्ठ

kharibot

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश विकासका लागि प्रतिपक्ष दल पनि सहयोगी बन्न सक्नुपर्ने बताएका छन् । गोरखाको पालुङटार नगरपालिका–५ आँपपिपलमा आज आयोजित एक कार्यक्रममा उनले बताए । 

प्रवक्ता श्रेष्ठले जनताले वास्तविक अनुभूति गर्ने गरी सरकारले विकासको काम अघि बढाएको भन्दै प्रतिपक्षले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताउँदै भने, “वर्तमान सरकारले सकारात्मक ढङ्गले पहलकदमी लिइरहेको छ, त्यसलाई जनतासम्म पु¥याउन सबैको पहल कदमी आवश्यक छ ।” 

उनले सरकारले गरेका राम्रा काममा प्रतिपक्षलगायतका दललाई हातेमालो गरेर अघि आग्रहसमेत गरे । “विकास सरकार र सत्तारुढ पार्टीको मात्र एजेण्डा बन्नु हुँदैन”, प्रवक्ता श्रेष्ठले भने, “प्रतिपक्ष, अन्य राजनीतिक दल र आम जनताको पनि एजेण्डा बन्नुपर्छ ।” 

समृद्धि केही धनीमानी, शहरवासीले मात्र नभएर गाउँगाउँ र कुनाकुनाका जनताले महसुस गर्ने गरी हुनुपर्नेमा उनले जोड दिए । प्रवक्ता श्रेष्ठले जनताको त्याग तपस्या र बलिदानबाट आएको राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्र सीमित गर्न नहुने भन्दै संविधानमा उल्लेखित नागरिकको मौलिक हक पूरा गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै