• २०८१ बैशाख ८ शनिबार

अन्तरिक्ष भ्रमणमा निस्कियो स्पेस एक्सको रकेट, परीक्षण सफल भए व्यावसायिक उडान भर्ने 

kharibot

अमेरिका । स्पेस एक्स कम्पनीले फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट एक रकेट सफलतापूर्वक लन्च गरेको छ । व्यावसायिक रूपमा मानिसहरुलाई अन्तरिक्ष भ्रमणमा लैजाने उद्देश्यले यसको निर्माण भएको हो । 

यो रकेटमा हालसम्म कसैलाई पनि पठाइएको छैन । तर, परीक्षण सफल भएमा अमेरिकी स्पेस एजेन्सीले यसलाई स्वीकृति दिएमा अन्तरिक्ष यात्रीलाई लैजान बाटो खुला हुनेछ । 

स्पेस एक्सका संस्थापक एलन मक्सले भने, ‘अन्तरिक्षको व्यावसायिक पर्यटनको क्षेत्रमा यो पहिलो कदम हुनेछ ।’

सन् २०११ मा स्पेस शटल प्रोग्रामको अवधि सकिएपछि अमेरिकाले आफ्नो प्रयासमा कोही पनि अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाएको छैन । 
अमेरिकाले यसको लागि रसियाली सोयुज नामक यानको प्रयोग गर्दै आएको छ । 

११ मिनेटको भ्रमणपछि स्पेस एक्सको फाल्कोन ९ रकेट र ड्र्यागन क्रू क्याप्सुल त्यो बाटोमा थिए जसमा बढेर आइतवार एक निर्धारित समय र स्थानमा त्यसको इन्टरनेशनल स्पेस स्टेशनसँग मेल हुनेछ ।  

यसमा कोही मानव नभए पनि एक रोबोटलाई यसमा पठाइएको छ । 

यसमा यस्तो सेन्सर लगाइएको छ जसले मानिसलाई केकस्तो परिस्थितिको सामना गर्नुपर्छ भन्ने बताउँछ । 

स्पेस एक्सले यसलाई रिप्ले नाम दिएको छ जो एक एलियनसँग सम्बन्धित चलचित्रको पात्र हो । 

स्पेस एक्स क्यालिफोर्नियाको कम्पनी हो । एलन मस्कले यसलाई अन्तरिक्षमा व्यावसायिक पर्यटनको उद्देश्यले बनाएका हुन् । 

‘सन् २००२ देखि यहाँसम्म  आइपुग्न १७ वर्ष लाग्यो,’ रकेट लन्च गरेपछि एलन मस्कले भने, ‘साँच्चै भन्ने  हो भने म भावनात्मक रुपले केही तनावमा आएको थिएँ, किनकि यो अति जटिल थियो ।’

‘हाम्रो लक्ष्य नासाको आवश्यकता पूरा गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘तर ड्र्यागन क्याप्सुलले ठीकसँग काम गर्न लागेपछि आम्दानीको हिसाबले सेवाग्राहीको खोजी गर्नेछौं र नासा पनि यसमा सकारात्मक छ । 

बीबीसीबाट भावानुवाद 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै