• २०८१ बैशाख ६ बिहीबार

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न  

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ‘सबैमावित्तीय साक्षरता आजको आवश्यकता’ भन्ने मूल आशयले विभिन्न ५ स्थानहरुमा वित्तीय साक्षरताकार्यक्रम सम्पन्न गरेको छ । 

बैंकले यस्तो कार्यक्रम विगत ५ बर्षदेखि निरन्तर संचालन गर्दै आईरहेको छ । यसै सन्दर्भमा फाल्गुण १७ गते व्यास–०१, भादगाउँ, तनहुँस्थित जलदेवि माध्यामिक विद्यालय, पोखरा–३२, गगनगौडा, कास्कीस्थित ज्ञान ज्योति विद्याकुञ्ज मावि, सैनामैना–०६, भाटाचौर, रुपन्देहीस्थित जनकल्याण उच्च मावि, मोदी– ०६, तिलाहार, पर्वतस्थित नव जागृत उच्च मावि रभरतपुर–०८, शरदपुर, चितवनस्थित त्रिपुरेश्वर कृषि सहकारी संस्था गरी जम्मा ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग, सफा नोटको प्रयोग,  बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्य गरिएको थियो ।

विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको थियो ।

सम्पन्न भएका कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरु तथा स्थानीय निकायका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित अथितिहरुले मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम मार्फत विद्यार्थीहरु लगायत समुदायमा वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्न प्रयास गरेको प्रशंसा योग्य रहेको धारणाव्यक्त गरेका छन् ।

बैंकले हालसम्म २४१ वित्तीय साक्षरता कार्यक्रम मार्फत कुल ४५ हजार जना सहभागीहरुलाई वित्तिय साक्षरता प्रदान गरी सकेको छ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिई रहने बैंकले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै