• २०८१ बैशाख ७ शुक्रबार

काव्य-मुशायरामा सुनिए कवि अमृता स्मृति र गजलकार बरुण रिजाल

kharibot

काठमाडौं । काव्य-मुशायराकाे १५ औँ श्रृंखलामा कवि अमृता स्मृति र ग़ज़लकार बरुण रिजालले आ-आफ्ना रचना वाचन गरेका छन् । कुन्ज नाटकघरमा आयोजित कार्यक्रममा पछिल्लो समय लोकप्रिय रहेकी कवि अमृता स्मृतिले ७ वटा कविता सुनाइन् भने गजलकार बरुण रिजालले आफ्ना १२ वटा गजलहरू सुनाएका थिए ।

साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कवि अमृता स्मृतिले 'घामकाे गाजल','बग्दाबग्दै', 'रिपाेर्टरकाे जिन्दगी', 'जवाफ कहिल्यै आएन', 'अनाै', 'मालिक' र 'ट्रेलर' शीर्षकका कविताहरू वाचन गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ ग़ज़लकार ज्ञानुवाकर पाैडेलले कवि अमृताकाे कविताको शक्तिले आफूलाई नाटकघरसम्म डोहोर्याएको र गजलकार बरुण रिजालकाे गजलवाचनले आफ्नो मन तानेकाे बताए ।

कार्यक्रमको सहजीकरण काव्य-मुशायराका संयोजक यात्री प्रकाशले गरेका थिए । कार्यक्रम सार्थक भएकाेमा कविद्वयलाई लेखक अमर न्यौपानेले शुभकामना व्यक्त गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै