• २०८१ बैशाख ८ शनिबार

कुम्भ मेलामा रणबीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’को लोगो सार्वजनिक

kharibot

बलिउडमा फिल्म प्रचार गर्ने नौलो शैलीका रुपमा रणबीर कपूर र आलिया भट्टको बहुप्रतिक्षित चलचित्र ‘ब्रह्मास्त्र’ को लोगो कुम्भ मेलामा सार्वाजनिक गरिएको छ । महाशिवरात्रीको अवसर पारेर उक्त फिल्मको लोगो १५० वटा प्रकाश जडित ड्रोनद्वारा आकाशमा अनावरण गरिएको हो । ती ड्रोनहरू करीब १५० मिटरमाथि आकाशमा प्रक्षेपण गरिएका थिए ।

‘वेक अप सिड’ र ‘ये जवानी है दिवानी’ चलचित्र बनाएका आयन मुखर्जीको निर्देशनमा बन्न लागेको ‘ब्रह्मास्त्र’लाई करण जोहर र फक्स स्टार स्टुडियोले निर्माण गर्नेछन् ।

त्यसैगरी' ‘ब्रह्मास्त्र’लाई तीन फिल्मको सिरिजका रुपमा निर्माण गर्ने पनि यसअघि नै घोषणा गरिसकिएको छ । यो चलचित्र फ्यान्टासी विधाको प्रेमकथा हुने जनाइएको छ भने निर्देशक आयन मुखर्जीले बताएअनुसार यसमा    प्राचीन विषयवस्तु भए पनि चलचित्रको कथा भने समकालीन नै रहने छ ।

फिल्ममा रणबीर कपुर र आलिया भट्टसँगै अमिताभ बच्चन, दक्षिण भारतका सुपरस्टार नागार्जुन, डिम्पल कपाडिया लगायतका कलाकारहरू पनि रहने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । २०१८ फेब्रुअरीमा चलचित्रको छायांकन सुरु गरिएको थियो भने छायांकनका विभिन्न चरण बल्गेरिया, बेलायत र अमेरकामा सम्पन भएको थियो । चलचित्रको विस्तृत छायांकन भने अघिल्लो महिनादेखि स्कटल्याण्डको इडीनबर्गमा सुरु भएको जनाइएको छ ।

त्यसैगरी निर्देशक आयन मुखर्जीले आफ्नो इन्स्टाग्राममार्फत ‘ब्रह्मास्त्र’को एउटा एनिमेटेड पोस्टर पनि सेयर गरेका छन् । कुम्भ मेलामा चलचित्रको लोगो सार्वजनिक गर्नुअघि रणबिर कपुर, आलिया भट्ट र आयन मुखर्जीले पूजा र आरती पनि गरेका थिए ।

चलचित्रको औपचारीक घोषणा २०१७ अक्टोबरमा गरिएको थियो भने सुरुमा २०१९ अगस्टमा रिलिज हुने बताइए पनि यसको रिलिज मिति अहिले क्रिसमससम्म धकेलिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै