• २०८१ बैशाख ८ शनिबार

पोखरामा प्याराग्लाइडिङ दुर्घटना बढ्यो, आज रसियन नागरिकको मृत्यु 

kharibot

फाइल तस्बीर

पोखरा ।  पोखरामा मंगलबार सराङकोटमा प्याराग्लाइडिङ खसेर फेरी एक जनाको ज्यान गएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ डाडाँबाट केही तल खस्दा रसियाली नागरिक अन्दाजी ४५ वर्षका डिमी डिभिलको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

घाइते अवस्थामा रहेका उनलाई अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको बैदाम प्रहरीले जानकारी दिएको छ । 

पोखरामा आइतबार मात्र ४२ वर्षीय रोमानियाका इद सिस जरको प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको वेगसँग तालमेल मिलाउन नसक्दा फेवातालमा खसेर ज्यान गएको थियो भने सोमबार प्याराग्लाइडिङ दुर्घटना हुदा २ जना घाइते भएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै