• २०८१ बैशाख १३ बिहीबार

उपचारका लागि भन्दै नियमित आफ्नै पिसाब पिउने यस्ता अचम्मलाग्दा व्यक्ति

kharibot

मानिसहरूले आफ्नो स्वास्थ्य राम्रो बनाईराख्न सन्तुलित आहार, आठ घण्टाको निन्द्रा र दैनिक व्यायाम जस्ता बानीलाई आफ्नो जीवनशैलीमा अपनाउने गर्दछन् । तर वेलायतका एक व्यक्तिले भने आफ्नो स्वस्थ जीवनशैलीलाई कायम राख्न निकै अनौठो बानीको विकास गरेका छन् ।

वेलायतको सेफिल्ड सहरका ३७ वर्षीय फेबियन फार्कर्षनले आफ्नो पेटको राम्रो स्वास्थका लागि भनेर दिनको करीब आधा लिटर पिसाब पिउने गरेका छन् । उनले विगत ३ वर्षदेखि औषधिका रुपमा नियमित रुपमा आफ्नै पिसाब पिउने गरेका हुन् ।

विगतमा पेट दुख्ने समस्याबाट पीडित बनेका उनले थुप्रै चिकित्सकहरूलाई देखाउदा पनि समाधान हुन नसकेपछि वैकल्पिक उपचार विधिकाबारेमा खोजतलासी गर्न थालेका थिए । चिकित्सकहरूबाट उपचार हुने सम्भावना नदेखेपछि फेबियनले सुरुमा आफ्नो खानपिनमा परिवर्तन गर्दै केवल फलफूल खान थालेका थिए ।

त्यसै क्रममा उनले पेटको समस्याका लागि वैकल्पिक उपचारहरूबारे अनुसन्धान गर्दा पिसाब पिउने सम्बन्धि केही जानकारी फेला पारेका थिए । अधिकांश रुपमा फलफूल मात्र समावेश गरिएको उनको आहारले उनलाई त्यतिबेला केही राहत प्रदान गरिरहे पनि उनले पिसाब पिउन सुरु गरेदेखि नै उनलाई एक्कासी आफ्नो समस्यामा व्यापक सुधार भएको महसुस भएको थियो ।

उनले वेलायती सञ्चारमाध्यमहरूलाई बताएअनुसार पहिलोपटक आफ्नो पिसाब पिएको आधि घण्टा भित्रनै यसको सकारात्मक असर देखिनुका साथै आफूलाई एकदमै उर्जावान् महसुस गरेका थिए । त्यसैगरी सुरुमा उनलाई यसको स्वाद तीतो रक्सीको जस्तो लागे पनि पिउनै नमिल्ने जसरी नमिठो भने नभएको बताएका छन् ।

त्यस्तै फेबियनकाअनुसार उनलाई पहिलोपटक आफ्नो पिसाब पिउँदा एक गिलास सक्न कुनै कठिनाई महसुस भएको थिएन । सुरुसुरुमा उनले पिसाबलाई ताजा अवस्थामा नै पिउने गरे पनि पछि भने पिसाबलाई एक महिनासम्म राखेर पिउन थालेको बताएका छन् ।

त्यसैगरी फेबियनकाअनुसार उनले आफ्नो पिसाबलाई भाडामा मिति उल्लेख गरेर भण्डारण गर्ने गरेका छन् । जसलाई उनले करीब एक महिना बितेपछि सेवन गर्ने गर्दछन् । यसरी एक महिनासम्म राखिएको पिसाबको असर झनै सशक्त हुने उनको अनुभव रहेको छ ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै