• २०८१ बैशाख ७ शुक्रबार

सन्दीप लामिछाने बने क्रिकेटर अफ द इयर 

kharibot

काठमाडौं । क्रिकेट खेलाडी संघ (सिप्यान) को आयोजनामा भएको पहिलो सीप्यान क्रिकेट अवार्ड २०१९ मा सन्दीप लामिछानेले बर्षको उत्कृष्ट क्रिकेटरको अवार्ड जितेका छन् ।

सन्दीपले मनोनयनमा रहेका दीपेन्द्र सिंह ऐरी, करण केसी, पारस खड्का र सोमपाल कामीलाई पछाडी पार्दै सो अवार्ड जितेका हुन् ।

सन्दिप हाल पाकिस्तान सुपर लिग खेल्न दुबईमा रहेकाले सन्दीपको अवार्ड राष्ट्रिय टिमका कप्तान पारस खड्काले ग्रहण गरेका थिए ।

सन्दीपले बर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेसँगै १ लाख ३२ हजार रुपैया पनि जितेका छन् ।

सन्दीपले गत बर्ष कुल ३२ खेल खेल्दै कुल ८४ विकेट लिएका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टिमका प्रशिक्षक विनोद दास, अम्पायर विनयकुमार झा र दुर्गानाथ सुवेदी तथा खेलकुद पत्रकार मञ्चका प्रतिनिधिहरु सरिता श्रेष्ठ र सुवास हुमागाई र टेक्निकल कोअर्डिनेटर रमन शिवाकोटी रहेको एक प्राविधिकको छनौट समितिले तीन विधाका ५-५ खेलाडीको मनोनयन गरेको थियो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै