सुदूर पश्चिमाञ्चल साहित्य समाजको रजत जयन्ती समारोह सम्पन्न

खरीबोट

धनगढी  ।  सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढी, कैलालीले आप्mनो २५औं वर्ष प्रवेशको उपलक्ष्यमा रजत जयन्ती समारोह (२०७५) धनगढी स्थित आप्mनै भवन परिसरमा विभिन्न कार्यक्रम गरी ३ दिनसम्म भव्यतापूर्वक सम्पन्न ग¥यो ।

यही फागुन १८ देखि २० गतेसम्म सम्पन्न कार्यक्रमको पहिलो दिन अर्थात् १८ गतेका दिन उद्घाटन तथा पुरस्कार वितरण र देउडा कार्यक्रम सञ्चालन भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि सु.प. प्रदेशका सामाजिक विकासमन्त्री माननीय कृष्णराज सुवेदीले पानसमा बत्ती बालेर उद्घाटन गरे ।

यस क्रार्यक्रममा मन्त्री सुवेदीले पृथ्वीनारायण क्याम्पस पोखराका प्राडा कुसुमाकर न्यौपानेलाई नेपाली लोकसाहित्यका क्षेत्रमा विशेष योगदान गरेवापत देवकान्त पन्त लोकसाहित्य पुरस्कार प्रदान गरे । लोकसंस्कृतिविद न्यौपानेले विशेष गरी नेपाली जनजीवनमा आदिंम कालदेखि छरिएर रहेका लोकसाहित्यका साथै लोकसंस्कृतिका विभिन्न विधालाई अनुसन्धान गरी यस संकलन, संरक्षण र प्रचारप्रसारमा विशेष योगदान दिएका छन् ।

निजले कास्की जिल्लामा प्रचलित लोकगीतमा वृक्ष, वनस्पती र वन, गोपीचन लोकनाटक, लोकरामायण, कस्केली जातजाति र उखान, दशावतार बालन लोकनाटक, नेपाली लोकगीत, नेपाली लोकगीतका सन्दर्भ जस्ता अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका छन् । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारमा नेपाली लोकसंस्कृतसम्बन्धी गोष्ठीपत्र प्रस्तुत गरेर नेपाली लोकसंस्कृतिलाई विश्वजगतमा चिनाउन योगदान पु¥याएका छन् ।  

मन्तव्य प्रकट गर्ने क्रममा संस्कृति राष्ट्रको मुटु भएकाले यसको संरक्षण र सम्बद्र्धनका निम्ति सबै एकताबद्ध भएर लाग्नुपर्ने बेला आएको छ भन्दै प्रमुख अतिथि माननीयमन्त्री कृष्णराज सुवेदीले आप्mनो मन्त्रालय यस्ता कार्यक्रमका निम्ति सदा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । उक्त समाजका अध्यक्ष रामलाल जोशीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा संस्थाका उपाध्यक्ष रुपा स्वाँरले स्वागत मन्तव्य प्रकट गरेकी थिइन् भने कार्यक्रम सञ्चालन संस्थाका सचिव गणेश नेपालीले गरेका थिए ।

उक्त कार्यक्रममा धनगढी नगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टराईलाई पनि सम्मान गरिएको थियो । यस्तै कवि विमल वैद्य, कवि सुरेन्द्र अस्तफल, दीनानाथ बराल, दिलानन्द पन्त, बसन्त वाग्चन्दलाई विभिन्न पुरस्कारद्वारा  पुरस्कृत गरिएको थियो । त्यस क्रममा  पुरस्कृत व्यक्ति प्रा.डा. कुसुमाकर न्यौपाने, कवि विमल वैद्य, सुरेन्द्र अस्तफल, दीनानाथ बराल, उपप्रमुख सुशीला मिश्र भट्टराई, यज्ञराज उपाध्याय, वासुदेव पाण्डेले मन्तव्य प्रकट गरेका थिए । 

समारोहको दोस्रो दिन अर्थात् १९ गतेका दिन सम्पन्न विशेष कवि  गोष्ठीको प्रमुख अतिथि प्रा.डा. कुसुमाकर न्यौपाने थिए । कविगोष्ठीमा विमल वैद्य, सुरेन्द्र अस्तफल, यज्ञराज उपाध्याय, रुपा स्वाँर, गोमती पनेरु, प्रभाकर भण्डारी, मिनावावली, ध्रुव तिमिल्सिना, सन्तोष अवस्थी, अशोक ठगुन्ना, सत्या उपाध्याय लगायत दर्जनौं साहित्यकारले आआप्mना सिर्जना वाचन गरेका थिए ।

पुरस्कृत व्यक्तित्व तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. न्यौपानेले नेपाली साहित्यलाई विश्व जगतमै उत्कृष्ट  तुल्याउन साहित्यलेखनमा देखिएका कमीकमजोरी निराकरण गर्नुपर्ने अवस्था आएको कुराको बोध गराए । 

तेस्रो दिन अर्थात् २० गतेका दिन समापन समारोहमा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड थिए । यस कार्यक्रममा प्रमुख अतिथि नृप बड र उपप्रमुख सुशीला मिश्र भट्टले संयुक्त रुपमा पहलमान सिंह स्वाँर नाट्यशालाको शीलान्यास गरे ।

मन्तव्यका क्रममा प्रमुख अतिथि बडले साहित्यकार तथा संस्कृतिका क्षेत्रमा लागेका व्यक्तिहरुको भावनाअनुसार यस क्षेत्रको साहित्य र संस्कृतिको संरक्षण र विकासका निम्ति आपूm निरन्तर सक्रिय रहने साथै स्थानीय निकाय पनि परिचाल गरी सहयोग पु¥याउने विचार व्यक्त गरे ।

यसै क्रममा उपमहानगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बडलाई सम्मान गरिएको थियो । यस क्रममा रचनावाचनका साथै लोककला पनि प्रस्तुत गरिएको थियो । 

स्थानीय तथा प्रादेशिक सरकारलाई समेटेर विभिन्न क्षेत्रका साधकलाई पुरस्कार तथा श्रद्धेय व्यक्तिहरुलाई सम्मान प्रदान गर्दै विभिन्न गतिविधिका साथ एकताबद्ध भई गरिएको यस समारोहले नेपालको सुदूर पश्चिमी क्षेत्रमा नेपाली साहित्य र संस्कृतिको विकासमा जागरण आउने विश्वास गरिएको छ ।  

सम्बन्धित समाचार

२ किलो ३ सय ग्राम सुनसहित धनगढीमा २ जना पक्राउ

कैलाली । कैलाली प्रहरीले २ किलो ३ सय ग्राम सुन सहित धनगढीका व्यापारीसहित २ जनालाई पक्राउ गरेको छ ।  कैलाली प्रहरीले चिसापानीमा चेकजाँचका क्रममा गएराति २ किलो ३ सय ग्राम सुन

सुदूर पश्चिमाञ्चल साहित्य समाजको रजत जयन्ती समारोह सम्पन्न

काठमाडौं  । सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढी, कैलालीले आफ्नो २५ औं वर्ष प्रवेशको उपलक्ष्यमा रजत जयन्ती समारोह (२०७५) धनगढीस्थित आफ्नै भवन परिसरमा विभिन्न कार्यक्रम गरी ३ दिनसम्म भव्यतापूर्वक सम्पन्न गर्यो

नेकपाका शीर्ष नेता धनगढीमा

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढीमा आएका छन् । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ

डिपिएलको क्वालिफायरको समीकरण पुरा, धनगढी र विराटनगर आउट 

काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत क्वालिफायरको समीकरण पुरा भएको छ । आज भएको खेलमा सिवाइसी अत्तरियाले विराटनगर किंग्सलाई पराजित गरेपछि समुहचरणको एक खेल खेल्न बाँकी हुदै क्वालिफायरको समीकरण


z