• २०८१ बैशाख ७ शुक्रबार

रानीपोखरीको सफाइमा भक्तपुरका महिला 

kharibot

काठमाडौँ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीको सफाईमा भक्तपुरका महिलाहरु जुटेका छन । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत सोमबारदेखि रानीपोखरीको पुनर्निर्माणको कार्य सुरु गरेको बताएपनि पोखरीको सफाइमा भने भक्तपुरका महिलाहरु लागि परेका छन । 

खरीबोटसँग कुरा गर्दै भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित भाजुपोखरी जिर्णद्धार उपभोक्ता समितिको अध्यक्षको रुपमा रहेका कृष्णप्रसाद डुमरुले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापती लगायत जनप्रतिनिधीसँग सहरी विकास प्राधिकरणले रानीपोखरी जीर्णोद्धार कार्यमा सहयोगको अपेक्षा गरेको हुँदा सोमबार ४१ जना र मंगलबार ५० जना महिलाहरु रानीपोखरी निर्माणको लागि सफाईमा जुटेको बताए । 

सबैको साथ र सहयोग पाए रानीपोखरी पुनर्निर्माणको कार्य  अगाडी बढाउन सकिने उनको भनाई थियो । भक्तपुर नगरपालिकाको निर्देशन अनुसार रानीपोखरीको बनोट सम्याउने कार्यदेखी कालोमाटो राख्ने र पुर्ववत अबस्था अनुसार नै वाल निर्माण लगाएतको कार्यमा आफूहरुले सहयोग गर्ने डुमरुले जानकारी दिए ।  

आगामी भाइटीका सम्ममा रानीपोखरीमा पानी जमाउने गरी काम गर्न सहरी विकास प्राधिकरणले निर्देशन दिएको उनले बताए । भक्तपरस्थित भाजु पोखरी र  काठमाण्डौँको रानी पोखरी एकै किसिमले निर्माण भएको समेत उनले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै