निर्मलाका हत्यारा पत्ता लगाई छाड्छौँ : गृहमन्त्री थापा

खरीबोट

धनगढी । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, “छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।”

घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उहाँले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताए ।

एकाधिकार कानूनीरुपमा अन्त्य गरिसकिएको बताउँदै उनले यसलाई व्यवस्थित बनाउन आवश्यक कानून निर्माणको चरणमा सरकार रहेको जानकारी दिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई इङ्गित गर्दै गृहमन्त्रीले केही समूहबाट यो बीचमा विष्फोटन र ध्वंसात्मक गतिविधि गर्ने काम भइरहेकाले यी घटनामा सरकार गम्भीर बनेको छ । उनले थपे, “यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइरहेका छौँ ।”

उनले सङ्घीय संसद्मा सङ्घीय प्रहरी र प्रदेश प्रहरीसम्बन्धी कानून निमार्णको अन्तिम तयारी भइरहेको जानकारी दिए । सुरक्षा गोष्ठीमा सहभागी हुन उहाँ आज धनगढी पुग्नुभएको हो ।

सम्बन्धित समाचार

निर्मला प्रकरणमा निलम्बित डिएसपी जिसी ९ लाख धरौटीमा रिहा

काठमाडौं । जिल्ला अदालत कञ्चनपुरले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निलम्बित डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशसँगै जिसी धरौटी तिरेर रिहा भएका

प्रहरी पूर्वउपरीक्षक विष्टलाई धरौटीमा रिहा आदेश

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आज पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु १० लाख

निर्मला पन्त प्रकरण : फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

कञ्चनपुर । कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट

निर्मला प्रकरण : आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत


z