केन्यामा हुने भनिएको टी-२० सिरिजको मिति सर्यो 

खरीबोट

नेपाली क्रिकेट टिम, फाइल तस्बीर

काठमाडौं । केन्यामा नेपालसहित ८ टिमका बिच हुने भनिएको टी-२० क्रिकेट सिरिज तोकिएको मितिमा नहुने भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार आगामी मार्च २२ देखि ३१ सम्म हुने भनिएको सो प्रतियोगिता २ देखि ३ साताका लागि सरेको छ ।

प्राविधिक कारणले तोकिएको मितिमा सो सिरिज नहुने भएको भन्दै प्रतियोगिता आयोजना हुने नयाँ मिति केन्या क्रिकेट संघले छिट्टै सार्वजनिक गर्ने भएको शिवाकोटीले जानकारी दिएका छन् ।

नेपाल र केन्यासहित ८ देशका ‘ए’ टिमले भाग लिने सो प्रतियोगितामा भाग लिने अन्य टिमको पनि अझै टुंगो लाग्न भने अझै बाँकी रहेको छ ।    
 

सम्बन्धित समाचार

वुमन्स च्याम्पियन्स लिग टी-२० लिगको खेलाडी ड्राफ्ट सम्पन्न

काठमाडौं । महिला क्रिकेटको टी-२० लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को खेलाडीको ड्राफ्ट आज काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंमा मंगलबार भएको ड्राफ्टमा ५ टिमले हरेक टिममा ११-११ खेलाडीका दरले ५५

पाकिस्तानविरुद्धको टी-२० खेलमा इङल्याण्ड विजयी

काठमाडौँ । इङल्याण्डले पाकिस्तानलाई टी-२० क्रिकेटमा पराजित गरको छ । आइतबार सम्पन्न खेलमा इङल्याण्डले पाकिस्तानलाई ७ विकेटले परजित गरको हो । पाकिस्तानले दिएको १७४ रनको लक्ष्य पछाएको इङल्याण्डले १९.२ ओभरमा ३

कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई

सुर्खेत । त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधि हात पारेको छ ।  फाइनल खेलमा न्यू होराइजन बुटवललाई ५९ रनले आज हराउँदै आर्मीले उपाधिसँगै रु पाँच लाख पुरस्कार हात

आइसीसीको टी-२० क्रिकेट वरियतामा नेपाल ११औँ स्थानमा 

काठमाडौं । आइसीसीले टी-२० क्रिकेटमा नयाँ वरियता सार्वजनिक गरेको छ । नयाँ टी-२० वरियतामा नेपाल २१२ अंकसहित ११औ स्थानमा रहेको छ । नेपाल टेस्ट खेल्ने देश बंगालदेशपछि ११औँ नम्बरमा रहेको छ


z