• २०८१ बैशाख ६ बिहीबार

केन्यामा हुने भनिएको टी-२० सिरिजको मिति सर्यो 

kharibot

नेपाली क्रिकेट टिम, फाइल तस्बीर

काठमाडौं । केन्यामा नेपालसहित ८ टिमका बिच हुने भनिएको टी-२० क्रिकेट सिरिज तोकिएको मितिमा नहुने भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार आगामी मार्च २२ देखि ३१ सम्म हुने भनिएको सो प्रतियोगिता २ देखि ३ साताका लागि सरेको छ ।

प्राविधिक कारणले तोकिएको मितिमा सो सिरिज नहुने भएको भन्दै प्रतियोगिता आयोजना हुने नयाँ मिति केन्या क्रिकेट संघले छिट्टै सार्वजनिक गर्ने भएको शिवाकोटीले जानकारी दिएका छन् ।

नेपाल र केन्यासहित ८ देशका ‘ए’ टिमले भाग लिने सो प्रतियोगितामा भाग लिने अन्य टिमको पनि अझै टुंगो लाग्न भने अझै बाँकी रहेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै