• २०८१ बैशाख ७ शुक्रबार

१० लाख लुटपाट गरी फरार लुटेरा पक्राउ

kharibot

सिन्धुपाल्चोक । सस्तो मूल्यमा सुन दिने भन्दै रु १० लाख लुटपाट गरी फरार रहेका सिन्धुपाल्चोकका तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–५ गाती काभ्रेटोलका २५ वर्षीया प्रमबहादुर तामाङ, २४ वर्षीया साजन तामाङ र २१ वर्षीया आक्रोश भन्ने सिङ्गबहादुर तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको विशेष टोलीले काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको सूचना अधिकृत प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

सुनसरी जिल्ला बराह नगरपालिका–१ घर भई काठमाडौँ घट्टेकुलो निवासी पीडित नीरज घिमिरेले दिएको निवेदनको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वलेफी गाउँपालिका–५ अरनिको राजमार्गको ७४ किलो नजिक रहेको गोरेटो बाटोमा गत पुस १७ गते पीडित घिमिरेबाट रु १० लाख लुटपाट गरी फरार रहेका थिए । पक्राउ परेका आरोपीको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै