• २०८१ बैशाख ४ मंगलबार

आजदेखि सन् २०१९ को डिभी कार्यक्रम खुल्यो

kharibot

काठमाडौँ । सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम  लाआज देखि खुलेको छ ।

डिभी कार्यक्रमको अवधि अक्टोबर ३, २०१७ अर्थात् २०७४ असोज १७ ) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार रातको ९:४५ बजे) बाट सुरु हुने गरी खुलेको छ ।

सन् २०१९ को डिभी कार्यक्रम नोभेम्बर ७, २०1७ (२०७४ कार्तिक २१) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार रातको १०:४५ बजे) बन्द हुने काठमाडौँ स्थित अमेरिकी दुताबासले जानकारी दिएको छ ।

दुताबासले डिभी कार्यक्रम बारे जानकारी दिदै डिभी चिठ्ठामा सहभागी हुन् कुनै शुल्क नलाग्ने जनाएको छ । साथै यस कार्यक्रमका लागि कुनै कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ ।

दुताबासले सन् २०१९ को डिभी भर्दा तोकिएको समयमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्ने जनाएको छ ।

डिभी भर्दा पारिवारिक विवरणमा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य रुपमा सूचिकृत गर्नु पर्ने र उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिने जानकारी दिएको छ ।

डिभी भर्दा एक जनाले एक वटा मात्र आवेदन भनर पाइने र एक भन्दा बढी आवेदन भरे सो आवेदन चिट्ठ का लागि अयोग्य हुने छ । साथै डिभीमा प्रयोग गरिने फोटो हालसालै खिचिएको र फोटो सम्बन्धि नियम कडाईका साथ पालना गरेको हुनु पर्ने जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु नहुने पनि जानकारी दिएको छ ।

सन् २०१९ को डिभीको नतिजा सन् २०१८ को मे १ अर्थात २०७५ बैशाख १८ गते www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर अनुसार हेर्न सकिने दुताबासले जानकारी दिएको छ ।

डिभी कार्यक्रममा छानिना साथ भिसा पाउने निश्चित नहुने दुताबासले जानकारी दिएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै