• २०८१ बैशाख ५ बुधबार

च्याम्पियन्स लिगमा युनाइटेडको नाटकीय कमब्याक, पिएसजी बाहिरियो  

kharibot

काठमाडौं । म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

गएराती भएको खेलमा फ्रेन्च क्लब पिएसजीलाई प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा ३-१ गोल अन्तरले पराजित गरेको युनाइटेड समग्रमा ३-३ गोलको बराबरी भएपनि अवे गोलको आधारमा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

पहिलो लिगमा आफ्नै घरेलु मैदानमा २-० ले पराजित भएको युनाइटेडले नाटकीय कम ब्याक गर्दै च्याम्पियन्स लिगमा पुनरागमन गरेको हो ।

युनाइटेडको जितमा रोमेलु लुकाकु र मार्कोस राशफोर्ड नायक बने । लुकाकुले पिएसजीका गोल किपर बुफानको गल्तिको फाइदा उठाउदै खेलको दोस्रो मिनेट मै गोल गरेका थिए भने पहिलो हाफमा लुकाकुले २ गोल गरेका थिए । पिएसजीले किलियन एम्बाप्पेको असिस्टमा जुआन बेर्नटले खेलको १२औ मिनेटमा नै एक गोल फर्काएको थियो ।

तर खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा नाटकीय मोड आयो । ९४औ मिनेटमा पिएसजीको डी-बक्समा ह्यान्ड बल भएको भन्दै रेफ्रीले  भिडियो असिस्टेन्ट रेफ्री (भार) को मद्धतले युनाइटेडलाई पेनाल्टी दिए । सो पेनाल्टीलाई राशफोर्डले गोलमा परिणत गर्दै युनाइटेडलाई ऐतिहासिक जित दिलाए ।

यो हारसँगै पिएसजी लगातार तेस्रो पटक च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ । पिएसजीको च्याम्पियन्स लिग जित्ने चाहनामा फेरी एक पटक युनाइटेड बाधक बनेको छ । च्याम्पियन्स लिग जित्न कै लागि नेइमारजस्ता स्टार खेलाडीलाई महँगो रकम तिरेर भित्राएको पिएसजीको अभियान यस पटक पनि खेर गएको छ ।

यो सँगै युनाइटेड च्याम्पियन्स लिगको इतिहासमा पहिलो लिगमा २-० ले पछि परेर कमब्याक गर्ने पहिलो टिम बनेको छ ।

रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको एक दिन पछि अर्को ठुलो क्लब पिएसजी पनि च्याम्पियन्स लिगबाट बाहिरिएको छ । पिएसजी २०१७ मा बार्सिलोनासँग र गत सिजनमा रियल म्याड्रिडसँग पराजित हुदै बाहिरिएको थियो । 

अहिलेसम्म च्याम्पियन्स लिगको क्वाटरफाइनलमा युनाइटेडसहित पोर्टो र एजाक्स पुगेका छन् ।       
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै