• २०८१ बैशाख ८ शनिबार

स्वास्थ्य परिक्षणपछि प्रधानमन्त्री ओली बालुवाटार फिर्ता

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि बुधबार साँझ निवास फर्किएका छन् । 

नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थामा कुनै खराबी नरहेको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिएका छन् । 

प्रधानमन्त्री ओलीले मुटुको नियमित परीक्षणका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराएका थिए । 

थप केही परीक्षणका लागि बुधबार अपराह्न प्रधानमन्त्रीलाई अब्जरभेशनमा राखिएको डा सायमीले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै