• २०८१ बैशाख ८ शनिबार

२ किलो ३ सय ग्राम सुनसहित धनगढीमा २ जना पक्राउ

kharibot

फाइल तस्बीर

कैलाली । कैलाली प्रहरीले २ किलो ३ सय ग्राम सुन सहित धनगढीका व्यापारीसहित २ जनालाई पक्राउ गरेको छ । 

कैलाली प्रहरीले चिसापानीमा चेकजाँचका क्रममा गएराति २ किलो ३ सय ग्राम सुन सहित धनगढीका व्यापारी रमेश कुमार शैजुलाई पक्राउ गरिएको जानकारी दिएको छ । शैजुसँगै गाडीमा रहेकी सीता चौधरीलाई पनि सोधपुछका लागि समातिएको प्रहरीले जनाएको छ।

उनीहरुले सुन ल्याउदै गरेको बा १९ त ७४१३ नम्वरको गाडी पनि बरामद गरिएको छ। शैजुसँग १ किलो ३ सय ग्राम सुन खरिद गरेको विल भेटिएको छ तर एक किलो सुनको भने विल छैन्। शैजुले काठमाडौँबाट सुन खरिद गरेर ल्याएको दावी गरिरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै