• २०८१ बैशाख ७ शुक्रबार

वार्नर ब्रोजका सीईओ केभिन सुजिहारामाथि प्रलोभन देखाएर यौन सम्बन्ध राखेको आरोप

kharibot

हलिउड जगतको निकै प्रभावशाली चलचित्र स्टुडियो वार्नर ब्रोजका अध्यक्ष एवम् सीईओ केभिन सुजिहारालाई अहिले नयाँ अभिनेत्रीलाई आफ्नो फिल्ममा खेलाउने प्रलोभनमा यौन सम्बन्ध राखेको आरोप लागेको छ ।

‘द हलिउड रिपोर्टर’ले जनाएअनुसार सुजिहाराले बेलायती अभिनेत्री चार्ल्लेट किर्कलाई फिल्ममा काम दिने वाचा गर्दै उनीसँग यौन सम्बन्ध राखेका थिए । ‘द हलिउड रिपोर्टर’ले केभिन सुजिहारा र चार्लेट किर्क बीच सन् २०१३ मा भएको एसएमएसहरू प्रकाशित पनि गरेको छ ।

उक्त म्यासेजमा चार्लेटले सुजिहाराले आफूलाई हलिउडका अन्य प्रभावशाली व्यक्तिहरूसँग भेट गराइदिने वाचा गरेर आफूसँग शारीरिक सम्बन्ध राखेको तर पछि वेवास्ता गरेको आरोप लगाएकी छिन् । ‘द हलिउड रिपोर्टर’ले जनाएअनुसार चार्लट र सुजिहाराको भेट अस्ट्रेलियन अर्बपति जेम्स प्याकरले गराइदिएका थिए ।

त्यसैगरी उक्त म्यागेजिनका अनुसार चार्लटलाई वार्नर ब्रोज र जेम्स प्याकर एवम् उनका बिजनेस पार्टनर ब्रेट राट्नर बीच करिब ४५ करोड डलरको व्यापारिक सम्झौता गर्न पनि प्रयोग गरिएको थियो ।

ब्रेट राट्नर हलिउडका ठूला निर्माता एवम् निर्देशक पनि हुन् । उनलाई यसअघि नै थुप्रै महिलाहरूले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । त्यसैगरी चार्लटले आफूलाई फिल्ममा काम दिने वाचा ननिभाएकोबारे निराशा व्यक्त गर्दै यस विषयलाई लिएर आफूले कानुनी बाटो अपनाउने धम्की दिएपछि ब्रेट राट्नरले नै आफ्नो फिल्ममा काम दिने वाचा गर्दै एक सम्झौता पनि गरेको बताइएको छ ।

‘द हलिउड रिपोर्टर’ ले वार्नर ब्रोजका प्रमुखलाई यौन दुराचारको आरोप लगाए पनि अभिनेत्री चार्लट किर्क आफैंले भने उक्त रिपोर्टको खण्डन गरेकी छिन् । एक विज्ञप्तिमार्फत उनले सुजिहाराले आफूलाई फिल्ममा काम दिने सम्बन्धि कुनै किसिमको वाचा नगरेको दाबी गरेकी छिन् । तर वार्नर ब्रोजको मालिक कम्पनी वार्नर मिडियाले भने यसबारे कम्पनीले आवश्यक अनुसन्धान गर्ने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै