निर्मला हत्या प्रकरणमा पूर्व डीएसपी सेठीसहित ६ जना पक्राउ

खरीबोट

कैलाली । निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणमा पूर्व डीएसपी ज्ञानबहादुर सेट्ठीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउदसहित ६ जनालाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जानकारी गराएको छ ।

निर्मलाको बलात्कारपछि हत्या हुँदा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट सहित ८ जना विरुद्ध प्रमाण नष्ट गरेको र निर्दोषलाई पक्राउ गरी शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा दर्ता भएको थियो । 

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले तत्कालीन डिएसपी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध उजुरी दिएका थिए ।

अनुसन्धानमा लापरबाही गरेको भन्दै एसपी विष्ट र इन्सपेक्टर भट्टलाई सरकारले  सेवाबाट बर्खास्त गरिसकेको छ भने अन्य ६ जना निलम्बनमा छन् ।

सेठी सहित ६ प्रहरीलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुर उपस्थित गराई सकिएको छ भने बिष्ट र जिसी भने फरार रहेका छन् ।
 

सम्बन्धित समाचार

निर्मला प्रकरणमा निलम्बित डिएसपी जिसी ९ लाख धरौटीमा रिहा

काठमाडौं । जिल्ला अदालत कञ्चनपुरले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निलम्बित डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशसँगै जिसी धरौटी तिरेर रिहा भएका

प्रहरी पूर्वउपरीक्षक विष्टलाई धरौटीमा रिहा आदेश

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आज पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु १० लाख

निर्मला पन्त प्रकरण : फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

कञ्चनपुर । कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट

निर्मला प्रकरण : आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत


z