• २०८१ बैशाख ६ बिहीबार

निर्मला हत्या प्रकरणमा पूर्व डीएसपी सेठीसहित ६ जना पक्राउ

kharibot

कैलाली । निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणमा पूर्व डीएसपी ज्ञानबहादुर सेट्ठीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउदसहित ६ जनालाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जानकारी गराएको छ ।

निर्मलाको बलात्कारपछि हत्या हुँदा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट सहित ८ जना विरुद्ध प्रमाण नष्ट गरेको र निर्दोषलाई पक्राउ गरी शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा दर्ता भएको थियो । 

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले तत्कालीन डिएसपी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध उजुरी दिएका थिए ।

अनुसन्धानमा लापरबाही गरेको भन्दै एसपी विष्ट र इन्सपेक्टर भट्टलाई सरकारले  सेवाबाट बर्खास्त गरिसकेको छ भने अन्य ६ जना निलम्बनमा छन् ।

सेठी सहित ६ प्रहरीलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुर उपस्थित गराई सकिएको छ भने बिष्ट र जिसी भने फरार रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै