• २०८१ बैशाख १२ बुधबार

जुकर्बर्गद्वारा फेसबुक च्याटलाई पूर्ण रुपमा गोप्य बनाउने घोषणा

kharibot

संसारको सबैभन्दा ठूलो सामाजिक संजाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले अबको फेसबुकको भविष्य प्रयोगकर्ताहरूको सार्वजनिक रुपमा हुने अन्तरक्रियाभन्दा व्यक्तिगत च्याटहरू रहेको बताएका छन् ।

फेसबुकमा एक लामो संदेश लेख्दै जुकर्बर्गले कम्पनीले अब प्रयोगकर्ताहरूको व्यक्तिगत च्याट एवम् संवादलाई कसरी सुरक्षित र गोप्य राख्नेमा बढी ध्यान दिने जनाएका छन् । जुकर्बर्गले प्रयोगकर्ताहरू बीच हुने व्यक्तिगत च्याटहरू सम्भव भएसम्म पूर्ण रुपमा गोपनीय बनाउनु नै सही कदम हुने धारणा व्यक्त गरे ।

तर विज्ञहरूकाअनुसार फेसबुकको यस्तो कदमले फेसबुकले प्रयोगकर्तालाई लक्षित गरेर देखाउने विज्ञापनबाट आउने गरेको राजश्वमा असर पर्नेछ । तर जुकर्बर्गले भने प्रयोगकर्ताहरूलाई उनीहरूको व्यक्तिगत सूचनामाथि नियन्त्रण दिन आफू त्यस्तो सम्झौता गर्न तयार रहेको बताएका छन् ।

त्यसैगरी फेसबुकले प्रयोगकर्ताको गोपनीयतालाई अझ सशक्त बनाउँदा अमेरिकी सुरक्षा निकाय र विधायकहरूको फेसबुकले प्रयोगकर्ताहरूको सामाग्रीमाथि मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नुपर्ने धारणालाई पनि सहयोग गर्ने छैन । पछिल्लो समयमा सुरक्षा निकायहरूले फेसबुकमा अतिवादी एवम् आपराधिक गतिविधिमा संलग्नहरूलाई ‘ट्रयाक’ गर्न र फेसबुकमा सेयर गरिने आपत्तिजनक पोस्ट एवम् सामग्रीहरूलाई नियन्त्रण गर्न फेसबुकले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरिरहेका छन् ।

तर फेसबुकले प्रयोगकर्ताहरू बीच हुने संवादलाई पूर्ण रुपमा गोपनीय बनाउँदै जादा सामाजिक संजालमा अतिवादीहरूको सूचनामाथि सुरक्षा अधिकारिहरूको पहुँचलाई असर गर्नेछ । अहिलेसम्म फेसबुकको स्वामित्व रहेका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमध्ये ह्वाट्सएपमा मात्र प्रयोगकर्ताका म्यासेज पूर्ण रुपमा गोपनीय रहन्छन् जसलाई विज्ञहरूकाअनुसार फेसबुकले पनि हेर्न सक्दैन । 

जुकरबर्गको अबको योजनाअनुसार मेसेन्जरको मात्र अकाउन्ट हुदाँ मात्र पनि ह्वाट्सएप र मेसेन्जरका प्रयोगकर्ताहरूले एक-आपसमा म्यासेज आदानप्रदान गर्ने सक्नेछन् । त्यसैगरी प्रयोगकर्ताहरूले आफ्नो लामो च्याटहरू कसरी सुरक्षित राख्ने भन्नेबारे पनि धेरै विकल्पहरू प्राप्त गर्नेछन् ।

त्यसैगरी जुकरबर्गले प्रयोगकर्ताको सूचनाको गोपनीयताको विषयलाई लिएर वर्तमान समयमा फेसबुकको छवि खासै राम्रो नरहेको पनि आफूले स्वीकार गरेको बताएका छन् । तर कम्पनीले प्रयोगकर्ताले खोजेजस्तो सेवा दिन निरन्तर विकास गरिरहेको पनि दाबी गरेका छन् ।

विज्ञहरूकाअनुसार आगामी दिनमा फेसबुकले सार्वजनिक अन्तरक्रिया भन्दा व्यक्तिगत म्यासेज सेवालाई जोड दिने योजना बुनिरहदा आफूले कमाउने राजश्वमा कमी आउन नदिन चाइनिज एप विच्याटको रणनीतिबाट सिक्नुपर्ने हुन्छ । वीच्याट एक म्यसेजिंग सेवाको एप भए पनि त्यहाँ कुनै विज्ञापन नदेखाई विच्याटले व्यापारी र ग्राहकहरू बीच एउटा मन्चको भूमिका खेलेको छ ।

फेसबुकले पनि २०१६ देखि नै व्यापारी र प्रयोगकर्ताहरू बीच म्यासेज सेवाबाट हुने संवादलाई प्रोहोत्सान गर्ने गरेको छ । तर यसबाट कम्पनीले के कति राजश्व संकलन गर्ने गरेको छ भन्नेबारे केही खुलाएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै