• २०८१ बैशाख ७ शुक्रबार

रियल म्याड्रिडको संकट : कप्तान रामोसको भविष्य अन्योलमा 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगबाट बाहिरिए पछि रियल म्याड्रिडमा एक पछि अर्को संकट देखा पारेको छ ।

गोल डट कमका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र कप्तान सर्जियो रामोसबीच क्लबको हारका विषयमा भनाभन भएपछि अब रामोसले क्लब छोड्ने संकेत गरेको उल्लेख गरेको छ ।

एजाक्ससँग प्रि-क्वाटरफाइनलमा पराजित हुदा प्रतिबन्धका कारण बाहिर रहेका रामोसले खेल पछिको छलफलमा क्लबका अध्यक्षको आलोचना गरेको बताइएको छ । अध्यक्ष पेरेजले टिमको प्रदर्शन कमजोर भएको, जित्ने इच्छा शक्ति नदेखाएको आरोप लगाए पछि रामोस उल्टै अध्यक्ष र बोर्ड सदस्यमाथि खनिएको बताइएको छ । रामोसले क्लब राम्रा खेलाडी भित्राउने योजना नबनाएको आरोप लगाउदै आफ्नो आक्रोश व्यक्त गरेपछि क्लबका पदाधिकारी रामोससँग आक्रोशित भएको बताइएको छ ।

रामोसको रियल म्याड्रिडमा सन् २०२१ सम्म सम्झौता छ भने क्लबमा २२४ मिलियन डलरको बाइआउट सम्झौता रहेको छ । क्लबका अध्यक्षसँगको विवादपछि अब रामोसको रियलमा भविष्य अन्योलमा परेको विश्लेषण गरिएको छ । अबका केहि दिन रामोसका लागि क्लब व्यवस्थापनसँगको सम्बन्ध सुधार गर्ने या क्लब छोड्ने भन्नेमा निर्णायक हुने बुझिएको छ ।

सो छलफलमा क्लबका प्रशिक्षक सान्टियागो सोलारीले राजीनामा दिन अश्विकारगरेको बताइएको छ । क्लबले क्लबका पुर्व प्रशिक्षक जोसे मोरिन्हो अन्तरिम प्रशिक्षकको रुपमा भित्राउने तयारी गरेको समेत बताइएको छ । मोरिन्होलाई म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेपछि अहिले खालि रहेका छन् । मोरिन्हो र रामोसको सम्बन्ध राम्रो नभएका कारण पनि क्लबले मोरिन्होलाई ल्याउने तयारी गरिरहदा रामोसको क्लबमा भविष्यका बारेमा प्रश्न उठेको विश्लेष्ण गरिएको छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै