• २०८१ बैशाख ८ शनिबार

नेप्से ११२७ दसमलव ७७ बिन्दुमा : साताभर ९७ करोड ९१ लाखको मात्र सेयर बिक्री

kharibot

काठमाडौं । धितोपत्र बजारमा यो साता कुल एक सय ६८ कम्पनीहरुको १८ हजार नौ सय ५२ वटा कारोवार भएकाछन । जसअनुसार ३६ लाख एक हजार दुई सय ३४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९७ करोड ९१ लाख ५६ हजार सात सय १४ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा बढी हो । 

गत साता भने नेपाल स्टक एक्सुचेन्ज लिमिटेड (नेप्से) मा कुुल एक सय ६५ कम्पनीहरुको १८ हजार दुई सय ८२ वटा कारोवार भएका थिए । जसअनुसार २८ लाख ८१ हजार आठ सय ७८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७९ करोड ९४ लाख ४८ हजार नौ सय ७९ रुपैयाँ पुगेको थियो । यो साता बजार परिसुचक ११ सय २७ दसमलव ७७ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ३९ दसमलव ७२ अंकमा पुगेर रोकिएको छ । 

नेप्सेको नियिमत कारोवार कक्ष साताको यो साता चार मात्र दिन खुल्ला रहेको थियो । जस मध्ये पहिलो दिन सेयर बजार ओरालो लागेको थियो भने तेस्रो, चौथो र पाँचौ दिन सेयर बजार उकालो लागेको थियो । पहिलो दिन बजार परिसुचक चार दसमलव ९५ अंकले ओरालो लागेर ११ सय दसमलव ५८ अंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ९२ अंकले ओरालो लागेर दुई सय ३३ दसमलव ८८ अंकमा झरेको थियो । दोस्रो दिन सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोवार कक्ष बन्द रहेको थियो ।

तेस्रो दिन भने बजार परिसुचक दुई दसमलव छ अंकले उकालो लागेर ११ सय दुई दसमलव ६४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ३७ अंकले उकालो लागेर दुई सय ३४ दसमलव २५ अंकमा चढेको थियो । चौथो दिन पनि सेयर बजार परिसुचक नौ दसमलव १२ अंकले उकालो लागेर ११ सय ११ दसमलव ७६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव तीन अंकले उकालो लागेर दुई सय ३६ दसमलव २८ अंकमा चढेको थियो  ।

पाँचौ दिन भने सेयर बजार परिसुचक १६ दसमलव एक अंकले बढेर ११ सय २७ दसमलव ७७ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ४३ अंकले बढेर दुई सय ३९ दसमलव ७२ अंकमा चढेको छ । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नबिल बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल बैंक, आदि परेकाछन । यसैगरी सेयर कारोवार भएको संख्याको आधारमा पनि यो साता नबिल बैंक, प्रभु बैक, अपतामाकोशी हाईड्रो पावर लगायतका कम्पनीहरु देखिएका छन् । बजार पुंजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै