• २०८१ बैशाख १२ बुधबार

भारतीय क्रिकेट खेलाडीको नयाँ अनुबन्धन, को कुन श्रेणीमा परे ?

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सन् २०१९-२० का लागि नयाँ खेलाडीको बर्गिकरण सार्वजनिक गरेको छ । नयाँ बर्गिकरण अनुसार बिसिसिआईले आफ्ना खेलाडीलाई एक वर्षका लागि अनुबन्ध गरेको छ ।

नयाँ अनुबन्धनमा युवा खेलाडी रिषव पन्त, अम्बाती रायाडु, खालीद अहमद र हनुमा विहारीलाई समावेश गरिएको छ भने सुरेश रैना, पार्थिव पटेल, जयन्त यादव, अक्सर पटेल, करुण नयर र मुरली विजयीको अनुबन्धन तोडिएको छ ।

नयाँ अनुबन्धन अनुसार ए प्लस श्रेणीमा जम्मा तीनजना खेलाडी रहेका छन् । जसमा भारतीय टिमका कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र बलर जसप्रीत बुमराह रहेका छन् ।

गएको वर्ष ए प्लस सूचीमा शिखर धवन र भुवनेश्वर कुमार भने ए प्लस श्रेणीबाट ए मा झारिएको छ । ए प्लसमा रहने खेलाडीलाई बिसिसिआईले बार्षिक ७ करोड रुपैया दिने गर्दछ ।

यस्तै युवा ब्याट्सम्यान तथा विकेट किपर रिषव पन्तलाई ए श्रेणी समावेश गरिएको छ । रिषवले पछिल्लो समय टेस्ट तथा टी–२० र एक दिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । 

यसैगरी ए श्रेणीका खेलाडीले ५ करोड, बी श्रेणीका खेलाडीले ३ करोड र सी श्रेणीका खेलाडीले वार्षिक एक करोड रुपैयाँ पाउने छन् ।

त्यस्तै ए श्रेणीमा महेन्द्रसिंह धोनी, शिखर धवन, रिषव पन्त, भुवनेश्वर कुमार,  रविन्चन्द्र आश्विन, रवीन्द्र जडेजा,  चेतेश्वर पुजारा,  आजिख्य रहाणे,  ईशान्त शर्मा,  कुलदीप यादव, मोहम्मद शामी रहेका छन् । ए श्रेणीमा रहने खेलाडीले बार्षिक ५ करोड पाउने गर्दछन् ।

त्यस्तै बी श्रेणीमा हार्दिक पाण्ड्या,  केएल राहुल, उमेश यादव र  युजबेन्द्र चहल रहेका छन् । बी श्रेणीमा रहने खेलाडीले बार्षिक ३ करोड पारिश्रमिक पाउने गर्दछन् ।

त्यस्तै सी श्रेणीमा केदार जाधव,  दिनेश कार्तिक, अम्बाती रायडू,  मनिष पाण्डे,  हनुमा विहारी,  खलिल अहमद र ऋद्धिमान शाह रहेका छन् । सी श्रेणीमा हुने खेलाडीले बार्षिक एक करोड पाउने गर्दछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै