• २०८१ बैशाख १२ बुधबार

एस म्यानको खोजी गर्दा पार्टी एकीकरण भएन – वरिष्ठ नेता नेपाल 

kharibot

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको दावी गरेका छन् ।

उनले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभए पनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहाँदा पार्टीको सांगठानिक एकीकरणको काममा ढिलाई भैरहेको पनि बताए । 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिएकोमा पनि आपत्ति जनाए ।

वरिष्ठ नेता नेपालले आफूले अनेकौ पटक भन्दा पनि पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिनु बिडम्बनापूर्ण भएको पनि बताए । 

उनले ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिने भए पनि पार्टी नेतृत्वले ‘एस म्यान’को खोजी गर्दा संगठन एकीकरणको काम अझै टुंगो लगाउन नसकिएको दावी पनि गरे । पार्टीलाई विधिसम्मत ढंगले अघि बढाए दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम एक महिना भित्रै सम्पन्न हुने वरिष्ठ नेता नेपालको भनाई छ । 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै