• २०८१ बैशाख १३ बिहीबार

भारतमाथि अस्ट्रेलियाको जित 

kharibot

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा जित हासिल गरेको छ । 

शुक्रबार भएको खेलमा अस्ट्रेलियाले भारतलाई ३२ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हासिल गरेको छ । यस अघि भएका पहिलो खेलमा भारतले दुवै खेल जितेको थियो ।
अस्ट्रेलियाले दिएको ३१४ रनको लक्ष्य पछाएको भारत ४८.२ ओभरमा २८१ रन बनाउदा अल आउट भएपछि खेल ३२ रनले गुमाएको हो ।

भारतका लागि कप्तान विराट कोहलीले १२३ रन बनाएका थिए भने विजय शंकरले ३२ रन बनाए भने महेन्द्र सिंह धोनी र केदार जादभले २६-२६ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर पिट कमिन्स, झये रिचार्डसन  एडम जाम्पाले ३-३ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाउदै ३१३ रन बनाएको थियो ।अस्ट्रेलियाका लागि उसमान ख्वाजाले १०४ रन बनाएका थिए भने कप्तान एरोन फिन्चले ९३ रन बनाएका थिए । त्यस्तै ग्लेन म्याक्स वेलले ४७ रन बनाएका थिए ।

भारतीय बलर कुलदीप यादवले ३ विकेट लिएका थिए ।

सिरिजको चौथो खेल आइतबार चंदीगढ़मा हुदै छ । 

विराट कोहलीको ४१औ शतक :

विराट कोहलीले एकदिवसीय क्रिकेटमा आफ्नो ४१औ शतक बनाएका छन् । कोहलीले अस्ट्रेलियाविरुद्धको तेस्रो खेलमा १२३ रन बनाए । 

कोहलीको यस सिरिजमा यो लगातार दोस्रो शतक भने उने उनको क्यारियरको ४१औ शतक हो ।

कोहलीको यो अस्ट्रेलियाविरुद्ध भने आठौ एकदिवसीय शतक हो । कोहलीले श्रीलंकाविरुद्ध ८, न्युजील्याण्डविरुद्ध ५, इङल्याण्ड र बंगलादेशविरुद्ध ३-३, वेस्टइन्डिजविरुद्ध ७, दक्षिण अफ्रीकाविरुद्ध ४, पाकिस्तानविरुद्ध २ र जिम्बाबेविरुद्ध एक शतक प्रहर गरेका छन् ।

कोहलीले टेस्ट क्रिकेटमा २५ शतक बनाएका छन् । यी सहित कोहलीको अन्तर्राष्ट्रिय क्रिकेटमा कुल ६६ शतक बनेको छ ।    
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै