• २०८१ बैशाख १४ शुक्रबार

युभेन्ट्सको जितमा १९ बर्षिय कीनको २ गोल 

kharibot

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्ट्सको विजयी यात्रा जारी रहेको छ । गएराती भएको खेलमा युभेन्टसले उडीनेसेलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

युभेन्ट्सको जितमा मोइस कीनले २ गोल गरे भने इमरे कान र ब्लैसे मटुडीले एक एक गोल गरेका थिए ।

इटालीका १९ बर्षिय कीनले युभेन्ट्समा आफ्नो पहिलो खेल खेल्दै २ गोल अग्रेर शानदार सुरुवात गरेका छन् । युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई आराम दिएर किनलाई खेलाएको थियो । कीन युभेन्टसका लागि एकै खेलमा २ गोल गर्ने अहिलेसम्मकै कम उमेरका खेलाडी बनेका छन् । यस अघि युभेन्ट्सका लागि सन् १९८२ मा गल्डेरेसीले १८ बर्ष ३२९ दिनमा २ गोल गरेका थिए कीन भने १९ बर्ष ८ दिनमा २ गोल गरेका छन् ।

यो जितसहित युभेन्ट्सको २७ खेलमा २४ जित र ३ बराबरी सहित ७५ अंक भएको छ भने दोस्रो स्थानमा रहेको नापोलीभन्दा १९ अंकले अगाडी रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै