• २०८१ बैशाख ७ शुक्रबार

टी-२० खेलमा वेस्टइन्डिजको लज्जास्पद हार  

kharibot

काठमाडौँ  । इङल्याण्डले वेस्टइन्डिजविरूद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न दोस्रो टी-२० खेलमा १३७ रनको कीर्तिमानी जित हासिल गरेसँगै इङल्याण्डले वेस्टइण्डिजविरुद्ध ३ टी-२० खेलको सिरिजमा २-० को अग्रता बनाएको हो ।

इङल्याण्डले दिएको १८३ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइण्डिज ४५ रनमै समेटिएको थियो । टी-२० क्रिकेटमा यो इङल्याण्डको यो सबैभन्दा ठूलो अन्तरको जित हो भने वेस्टइन्डिजको भने अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको इतिहासमै दोस्रो कम रन हो ।

वेस्टइन्डिजको इनिंग ध्वस्त गर्ने क्रममा इङल्याण्डका क्रिश जोर्डनले २ ओभरमा ६ रन दिएर ४ विकेट लिएका थिए ।

वेस्टइण्डिजलाई ११.५ ओभरमै समेट्ने क्रममा डेभिड विली, अदिल रासिद र लियाम प्लंकेटले पनि २-२ विकेट लिएका थिए ।

यसअघि इङल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनएको थियो । इङल्याण्डका लागि साम बिलिङ्सले ८७ र जोय रुटले ५५ रन बनाएका थिए ।

वेस्टइन्डिजले बनाएको ४५ रन भने अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको इतिहासमै दोस्रो कम रन हो ।टी-२० क्रिकेटमा सबैभन्दा कम रनको योगफल बनाउने कीर्तिमान नेदरल्याण्ड्सको नाममा छ । सन् २०१४ को विश्वकपमा श्रीलंकाबिरुद्ध नेदरल्याण्ड ३९ रनमै समेटिएको थियो ।

सिरिजको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै