• २०८१ बैशाख ८ शनिबार

इस्लामावादविरुद्ध सन्दीपको महँगो स्पेल 

kharibot

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत लाहोर कलान्दर्सले अहिले इस्लामावाद युनाइटेडविरुद्ध खेलिरहेको छ ।

टस जितेर लाहोरले पहिला बलिङ गरेको खेलमा लाहोरको बलिंग महँगो भएको छ । नेपाली युवा बलर सन्दीप लामिछानेले पहिलो ओभरमा उत्कृष्ट बलिङ गरेपनि त्यसपछिक तीन ओभरमा महँगो साबित भएका छन् । सन्दीपले आफ्नो ४ ओभरको स्पेलमा कुल ४६ रन दिएर १ विकेट लिएका हुन् ।

सन्दीपले पहिलो ओभरमा केबल एक रन दिएर इस्लामावादका फिलिप साल्टलाई १० रनको निजी रनमा आउट गराएका थिए ।

तीन ओभरमा एक विकेट लिएर २० रन दिएका सन्दीपले चौथो ओभरमा ४ छक्कासहित २६ रन खाएका थिए । 

इस्लामावादले २० ओभरमा ३ विकेट गुमाउदै २३८ रन बनाएको छ लाहोरले यो खेल जित्नका लागि २० ओभरमा २३९ रनको लक्ष्य पाएको छ । इस्लामावादका क्यामरुन डेल्पोर्टले अविजित ११७ रन बनाएका छन् । डेल्पोर्टले ६० बलमा १३ चौका र ६ छक्काको मद्धतले ११७ रन बनाएका हुन् ।

यो सँगै सन्दीपले यस प्रतियोगितामा ६ खेलमा कुल ११ विकेट लिएका छन् । प्रतियोगिताको प्लेअफमा पुग्न लाहोरले आजको खेल जित्नै पर्ने छ । अहिले लाहोर ८ खेलमा केबल ३ खेलमा जित हासिल गरेर ६ अंक बटुल्दै पाचौं स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै