• २०८१ बैशाख १२ बुधबार

म्यानचेस्टर सिटीको जितमा रहिम स्टरलिङको ह्याट्रिक  

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तरगत म्यानचेस्टर सिटीले वाटफोर्डलाई सजिलै पराजित गरेको छ ।

गएराती भएको खेलमा सिटीले वाटफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा रहिम स्टरलिङले ह्याट्रिक गरेका थिए । उनले खेलको ४६औ, ५०औ र ५९औ मिनेटमा ह्याट्रिक गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाएका हुन् । 

स्टरलिङको यो ह्याट्रिक कम समयमा गरीएको प्रिमियर लिगको दोस्रो ह्याट्रिक हो । उनले १३ मिनेट १२ सेकेन्ड भित्र ३ गोल गरेका थिए । यस अघि २०१६ मा रोमेलु लुकाकुले एभर्टनबाट खेल्दै सन्डरल्याण्डविरुद्ध ११ मिनेट मिनेट ३७ सेकेन्डभित्र तीन गोल गरेका थिए ।

त्यस्तै वाटफोर्डको तर्फबाट डियोलोफेओले एक गोल फर्काएका थिए ।

यो जितपछि सिटीको ३० खेलमा ७४ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुलमाथि ४ अंकको अग्रता हासिल गरेको छ ।
        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै