पुनःनिर्माण प्राधिकरणले फिर्ता लियो लाभग्राहीबाट रु २३ करोड

खरीबोट

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै रु २३ करोड फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ ।

पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता भएको कार्यालयका परियोजना प्रमुख गणेशराज वस्तीले बताए ।

उनका अनुसारसरकारले एक पटक दिइसकेको पैसा फिर्ता लिँदैन भनेर पहिले अरु ठाउँमा घर भएका वा त्यहीँ घरमा बस्न मिल्ने हुँदाहुँदैका घरधनी लाभग्राही सूचीमा परेका थिए ।

अहिले घर नबनाउँदा रकम त्यतिकै लिन पाइँदैन भन्ने सोचेर फिर्ता गर्ने क्रम शुरु भएको उनले बताए । उनले भने, “घर बनाउन नचाहने वा आवश्यक नभएका लाभग्राही आफैँले जानेर फिर्ता गर्न थाल्नुभएको छ ।”

कतिपय लाभग्राही भने भुलवश लाभग्राही सूचीमा परेको कार्यालयले जनाएको छ । उहाँका अनुसार जानेर वा नजानेर लाभग्राही बनेका लाभग्राहीको खोजी भइरहेको छ । सम्बन्धित व्यक्तिले आफू बसिरहेको पालिकामार्फत ‘यति नम्बर खातामा भएको लगतकट्टा गरिपाऊँ’ भन्दै निवेदन दिनुपर्ने उनले बताए ।

परियोजना प्रमुख वस्तीका अनुसार पालिकामार्फत जिल्ला आयोजना कार्यन्वयन एकाइ र त्यहाँबाट केन्द्रीय आयोजना कार्यन्यन एकाइ पुगेपछि लगतकट्टा हुन्छ । उनले भने, “नक्कली लाभग्राही पहिचान गरेर रकम फिर्ता गराउन स्थानीय तहको समेत सहयोग आवश्यक छ ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अहिलेसम्म देशभरमा लाभग्राही सूचीमा परेकाको कुल सङ्ख्या आठ लाख १२ हजार ३७१ रहेको छ ।

सम्बन्धित समाचार

प्राधिकरणद्धारा १९ प्राविधिकलाई कारवाही

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारवाही गरेको छ ।  प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिक विभिन्न गैरकानूनी काममा संलग्न रहेको आरोपमा कारवाही

पुनःनिर्माण प्राधिकरणको एक खर्ब ५६ अर्ब बजेट स्वीकृत

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६÷७७ लागि रु एक खर्ब ५६ अर्ब बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको प्राधिकरणको निर्देशक समितिको १५औँ बैठकले

पुनःनिर्माण प्राधिकरणले फिर्ता लियो लाभग्राहीबाट रु २३ करोड

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै रु २३ करोड फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको

पुनःनिर्माण जारी राख्न प्राधिकरणको आह्वान

काठमाडौँ । भूकम्पले भत्किएका घर पुनःनिर्माणलाई जारी राख्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आह्वान गरेको छ ।  यसअघि भूकम्पले भत्किएका घरको जग हाली असार मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय प्राधिकरणले गरेको थियो ।


z