• २०८१ बैशाख १२ बुधबार

संसदमा गगन थापा, ‘सहमतिको पृष्ठभुमि र शैलीले अदालत र सरकारको मिलिभगतको प्रश्न उठ्यो’

kharibot

काठमाडौँ । सरकार र सिके राउतबीच भएको सहमति बारे संसदमा कुरा उठेको छ । आजको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद गगन थापाले सहमतिमा प्रयोग भएका शब्दालीको विषयमा सरकार र राउत पक्षको फरक फरक विश्लेषणले संसय पैदा भएको बताएका छन् ।

सांसद थापाले सहमति सकारात्मक भएपनि जनमत संग्रह गर्ने भन्ने विषय आएकाले यसलाई सरकारले संसदमा प्रष्ट पार्न माग गरेका छन् ।

थापाले संसदमा भने, ‘नेपाल सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेश गठबन्धनबीच नेपालको संबिधान भित्र मधेश र मधेसीको हक खोज्ने भनि भएको सहमति सकारात्मक छ । तर सहमतिको पृष्ठभुमि र शैलीले अदालत र सरकारको कतै मिलिभगत त भएको छैन भन्ने गम्भीर प्रश्न उठाएको छ । सहमतिमा प्रयोग भएको शब्दावलीको दुई पक्षको आ-आफ्नो ब्याख्याले सकारात्मक वातावरणलाई संसयको घेरामा ल्याएको छ । के को लागि जनमत संग्रह ? कसका लागि जनमत संग्रह, हामीलाई उत्तर चाहिन्छ ।’ 

सांसद थापाले सहमतिको बारेमा सदनमा जानकारी गराउन माग गर्दै यस विषयमा संसदमा छलफल चलाउन सभामुखलाई आग्रह गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै