• २०८१ बैशाख १२ बुधबार

नेप्सेमा सामान्य सुधार 

kharibot

काठमाडौँ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्सेमा झण्डै एक अंकको बृद्धि देखिएको छ । नेप्से आज शुन्य दसमलव ९४ अंकले बढेर ११ सय २८ दसमलव ७१ बिन्दुमा चढ्दा सेन्सिटिभ पनि शुन्य दसमलव ७४ अंकले बढेर दुुई सय ४० दसमलव ११ बिन्दुमा चढेको छ । 

एक सय ४० कम्पनीहरुको एक हजार सात सय ३४ वटा कारोवारमा तीन लाख २२ हजार दुई सय ४२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम नौ करोड ३८ लाख ४२ हजार आठ सय ६१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा चार वटा समुहले कमाएछन भने छ वटा समुहले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ३४ अंकले बढेर नौ सय ६४ दसमलव ५७ बिन्दुमा चढ्दा बिकास बैंक समुहको चुचक पनि शुन्य दसमलव ५३ अंकले बढेर १४ सय ३३ दसमलव ६७ बिन्दुमा चढेको छ । होटल र जीवन बीमा समुहको सुचकमा पनि झिनो अंकले सुधार आएको छ ।

जलबिद्युत समुहको सुचक भने शुन्य दसमलव २६ अंकले घटेर ११ सय ३२ दसमलव ८५ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि एक दसमलव सात अंकले घटेर पाँच हजार चार सय ६३ दसमलव ५१ बिन्दुमा झरेको छ । यि बाहेक फाईनान्स, लघुबित्त, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सानिमामाई हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ दुई पैसाले बढेर दुई सय ३३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको तिनाउ बिकास बैंकको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ४८ पैसाले घटेर एक सय ५५ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ११ सय २० रुपैयाँमा एक करोड २३ लाख ३६ हजार सात सय २७ रुपैयाँको कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै