• २०८१ बैशाख १३ बिहीबार

नेटफ्लिक्सले थाइल्याण्डको गुफामा फसेकाहरूको उद्दार कार्यमा आधारित मिनिसिरिज निर्माण गर्ने

kharibot

नेटफ्लिक्सले गत वर्ष थाइल्याण्डको एक गुफामा फसेका १२ बालक र एक फुटबल प्रशिक्षकको उद्दार कार्यमा आधारित भएर एक मिनिसिरिज निर्माण गर्ने भएको छ । नेटफ्लिक्सले एसएक ग्लोबल इन्टरटेनमेन्टसँगको सहकार्यमा उक्त मिनीसिरिज बनाउन लागेको हो ।

एसके ग्लोबलले यसअघि सो घटनालाई लिएर चलचित्र बनाउने बताएको थियो तर यसमा नेटफ्लिक्स पनि संलग्न भएपछि यसलाई टेलिभिजन सिरिजमा रुपान्तरण गर्न लागिएको हो ।

गुफामा फसेकाहरूको उद्दारकार्य नसकिदै नै यसबारे हलिउडमा चलचित्र बन्ने कुरा उठिसकेको थियो । हलिउडका युनिभर्सल, वार्नर ब्रोज जस्ता ठूला स्टुडियोहरूले उक्त घटनालाइ लिएर चलचित्र निर्माण गर्ने इच्छा व्यक्त गरेका थिए र एक समय त यस विषयमा हलिउडमा मात्र ५ वटा चलचित्र बन्न गईरहेको खबर संचारमाध्यममा आएका थिए ।

उद्दारकार्यको कथामा धेरैले रुची देखाएपछि थाइल्याण्डको सरकारले गत वर्ष यसको व्यवस्थापन गर्न गुफाको नाममा १३ थाम लुआंग कम्पनी नै दर्ता गरेको थियो । थाइल्यन्डका एक सरकारी अधिकारीले दिएको जानकारीअनुसार नेटफ्लिक्सको मिनीसिरिज बन्ने भएपछि सम्झौताअनुसार गुफामा फसेका १२ बालक र एक फुटबल प्रशिक्षक प्रत्येकले झन्डै एक लाख डलर प्राप्त गर्ने छन् ।

त्यसैगरी उनीहरूलाई अब गुफामा फसेको विषयमा कुनै पनि अन्तरवार्ता दिन निषेध गरिने छ ।

त्यसैगरी उद्धारकार्यकै विषयमा थाइ निर्देशक टम वालरले बनाएको चलचित्र ‘द केभ’ अहिले रिलिजको पर्खाइमा रहेको छ ।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै