• २०८१ बैशाख १२ बुधबार

भारतद्वारा अस्ट्रेलियालाई ३५९ रनको लक्ष्य 

kharibot

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको चौथो एकदिवसीय खेलमा भारतले अस्ट्रेलियालाई ३५९ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउदै ३५८ रन बनाएको हो ।

भारतका लागि ओपनर शिखर धवनले सर्वाधिक १४३ रन बनाएका थिए । धवनले ११५ बल खेल्दै १८ चौका र ३ छक्काको मद्धतले १४३ रन बनाएका थिए । धवनको एकदिवसीय क्रिकेटमा यो सोर्हौ शतक हो ।

त्यस्तै रोहित शर्मा ९५ रन बनाएर आउट भएका थिए । त्यस्तै ऋषव पन्तले ३६, विजय शंकर र केएल राहुलले २६-२६ रन बनाएका थिए ।

अस्ट्रेलियाका पिट कमिन्सले ५ विकेट लिए । कमिन्सले १० ओभरमा ७० रन दिएर ५ विकेट लिएका हुन् । त्यस्तै झय रिचार्ड्सनले ३ विकेट लिए भने एडम जाम्पाले एक विकेट लिए ।

५ खेलको सिरिजमा भारत २-१ ले अगाडी रहेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै