• २०८१ बैशाख १३ बिहीबार

आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडमाथि महत्वपूर्ण जित हासिल गरेको छ । 

गएराती भएको खेलमा आर्सनलले युनाइटेडलाई २-० ले पराजित गर्दै लिगको चौथो स्थानमा जानबाट युनाइटेडलाई रोकेको छ । आर्सनलको जितमा ग्रानिट जाखा र पिएरे एमरिक औबामेयांगले एक एक गोल गरेका थिए ।

यो सहित युनाइटेडले म्यानेजर सोल्सज्करका पछिला १३ प्रिमियर लिग खेलमा पहिलो हार बेहोरेको छ । जसमा १० जित २ बराबरी र एक हार रहेका छन् ।

जितपछि आर्सनलको ३० खेलमा ६० अंक भएको छ भने युनाइटेडको ३० खेलमा ५८ अंक रहेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै