• २०८१ बैशाख ७ शुक्रबार

मोरिन्होको विपक्षमा रियल म्याड्रिडका शिर्ष खेलाडी !

kharibot

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले गएराती ला लिगामा जित हासिल गरेपनि क्लब च्याम्पियन्स लिग र कोपा डेल रे बाट बाहिरिएपछि बढेको संकट अझै बढ्ने देखिएको छ । 

क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र कप्तान सर्जियो रामोसबीच भएको झगडापछि अर्को समस्या अगाडी आएको छ । म्याड्रिडएल आफ्ना पुर्व प्रशिक्षक जोसे मोरिन्होलाई अन्तरिम प्रशिक्षकको रुपमा भित्र्याउने तयारीका बीच क्लबका प्रमुख खेलाडी मोरिन्होको विपक्षमा भएको बताइएको छ ।

डेली मेलका अनुसार रियलका कप्तान सर्जियो रामोससहित ग्यारेथ बेल, करिम बेन्जामा र लुका मोड्रीचलगायतका खेलाडीहरु मोरिन्होलाई क्लबमा ल्याउन नहुने पक्षमा उभिएका छन् ।

मोरिन्हो यस अघि क्लबका प्रशिक्षक हुदा पनि रामोससँग राम्रो सम्बन्ध नभएकोले नै उनले क्लब छोडेका थिए । तर क्लबका अध्यक्ष पेरेजले भने मोरिन्हो बाहेक अन्य विकल्प क्लबका अगाडी नभएको खेलाडीहरुलाई स्पष्ट पारेका छन् ।

यसअघि च्याम्पियन्स लिगमा प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा एजाक्ससँग पराजित भएपछि क्लब व्यवस्थापनसँगको छलफलमा कप्तान रामोस अध्यक्ष प्रति आक्रोसित हुदै क्लब छोड्ने धम्की दिएका थिए । रामोसले क्लबमा क्रिस्टियानो रोनाल्डो छोडेपछि राम्रो खेलाडी ल्याउन फल नगरेको आरोप लगाउदै अध्यक्षले नै क्लबलाई बिगारेको आरोप लगाएका थिए ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै