• २०८१ बैशाख ८ शनिबार

इन्भेष्टमेण्ट बैंकको केएमसीमा एक्स्टेन्सन काउन्टर र एटीएम

kharibot

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा  आफ्नो ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटिएम एकसाथ खोलेको छ । 

काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा.डा.दामोदर प्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

आजैदेखि केएमसि टिचिङ हस्पिटल मा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा नि:शुल्क ५०० रुपैयाँ खातामा राखि दिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ । 

काउन्टरले रकमजम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । मासिक लगभग ३० हजार विरामीको उपचार हुने केएमसिमा मेडिकल साइन्सका विभिन्न संकायमा हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् भने हजार कै हाराहरीमा डाक्टर तथा कर्मचारीहरु कार्यरत छन् । विगत लामो समयदेखि आफ्नो सेवा प्रदान गरिरहेको केएमसिसंगको नाता मजबुत बनाउने र आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उदेश्यले बैंकले सेवाविस्तार गरेको हो । 

बैंकले अहिले ७८ वटा शाखा कार्यालय,१० वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,७८३ वटा पिओएस मेसिनबाट सेवा दिइरहेको छ । 

बैंक अफ द इयर पाँच पटक प्राप्त गरिसकेको एनआईबिएलले उत्कृष्ट सेवातथाव्यवसायमा गरेको अब्बल प्रदर्शनका कारण युरोमनि नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड फर एक्लेन्स बेस्ट बैंक २०१८ अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ए बाट ए प्लसल्याई स्त्तरोनन्ति गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै